सोलुखुम्बु, पुस ९
स्थानीय तह पुनः संरचना भएको करिब ३ वर्ष पुगेको भए पनि सरकारी कार्यालय जिल्ला समन्वय समितिको वेबसाइट भने अद्याावधिक गरिएको छैन । नयाँ संरचनाअनुसार तत्कालीन जिल्ला विकास समितिको नामसहितको संरचना परिर्वतन भएर जिल्ला समन्वय समिति बनेको छ । उक्त वेबसाइटमा नाम परिवर्तन भएको भए पनि तथ्याङ्क भने जिल्ला विकास समितिकै पाइने गरेको स्थानीयको गुनासो समेत रहेको छ । अहिले पनि जिल्ला समन्वय समितिको वेबसाइटमा आर्थिक वर्ष २०७२-०७३ अन्तिम लेखा परीक्षण गर्नेसम्बन्धी सूचना राखिएको छ भने त्यस्तै जिल्ला विकास समितिको कार्यालयको अत्यन्तै जरुरी सूचना समेत देखिन्छ ।
जब जिल्ला समन्वय समिति गठन भएको नै ३ वर्षभन्दा बढी समय भइसकेको छ । जिल्ला समन्वय समिति सोलुखुम्बुका समन्वय अधिकारी गोपालप्रसाद रेग्मीसँग भदौ महिनामा कुरा गर्दा १५ दिनमा वेबसाइट अद्यावधिक गरिसक्ने बताएको भए पनि ४ महिना बितिसक्दा समेत कुनै प्रगति हुन सकेको छैन । उक्त वेबसाइट हेर्दा जिल्ला विकास अधिकारी भनेर कृष्णप्रसाद सापकोटाको नाम देखिन्छ तर देवकोटाभन्दा पछि दुई जना समनव्य अधिकारी परिवर्तन भइसकेको अवस्था छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एनआईसी एसिया बैंक तथा एनआईसी एसिया क्यापिटलमा निःशुल्क डिम्याट खाता
- मुक्तिनाथ विकास बैंकद्वारा इलाम र महोत्तरीमा वृक्षारोपण
- राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६१औँ प्रतिवेदन पेस हुँदै
- आर्थिक वर्ष २०८१–०८२ को बजेट भाषण मंगलबार
- अल्मलिएको विकास प्रयासलाई सही बाटोमा ल्याइएको छ: उपाध्यक्ष पौडेल
- पहिरो खसेर मेसिन अपरेटरको मृत्यु
- कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी
- संस्थान ध्वस्त, झा मस्त
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया