उद्योग वाणिज्य संघबाटै प्यान अनलाइन फाराम भर्ने र करचुक्ता सेवा
बाँके, भदौ ३१
नेपालगञ्ज उद्योग वाणिज्य संघले आफ्ना करदाता सदस्यहरूको सुविधाका लागि आफ्नै भवनबाट प्यानको लागि अनलाइन फाराम भर्ने र करचुक्ता प्रमाणपत्र प्रदान गर्ने भएको छ । संघले आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जको समन्वयमा व्यावसायिक कर सेवा तथा परामर्श केन्द्र संघको भवनमा मंगलबारबाट सञ्चालनमा ल्याएपछि उक्त सुविधा प्रदान गर्ने भएको हो ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उक्त सेवा केन्द्रको मंगलवार उद्घाटन गरेका छन् । उनले सेवा केन्द्रबाट नयाँ व्यवसायी एवं करदाताहरूका लागि वार्षिक २० लाखसम्म व्यावसायी कारोबार गर्ने (डे वान फारम भर्ने) कर चुक्ता प्रमाण पत्र, प्यान नम्बर लिनको लागि अनलाइन फारम भर्नेजस्ता सुविधा प्रदान गरिने बताए ।
कोरोना महामारीको समयमा आफ्ना सदस्यहरू प्यान अनलाइन फाराम भर्न र करचुक्ताका लागि भिडभाड हुने कार्यालय आन्तरिक राजस्वमा जाँदा कोरोना संक्रमणको पनि जोखिम हुने देखिएको हुँदा त्यसलाई कम गर्न तथा छिटोछरितो सेवा प्रदान गर्नका लागि संघले यस्तो व्यवस्था गरेको स्पष्ट पारे ।
यसअघि यी सेवा लिनका लागि सेवाग्राहीलाई समस्या हुने भए पनि अब भने छिटो र छरितो हुनेगरी काम हुने महासचिव चिरञ्जीवी ओलीले बताए । उक्त सेवा सञ्चालनका लागि संघले कर्मचारी खटाएको छ । पहिलो दिन सेवा लिन आएका सेवाग्राहीलाई संघले सम्मान एवं स्वागत गरेको छ । कोभिड महामारीका बेला सामाजिक दूरी समेत कायम गरी गरिने सेवाप्रवाहबाट व्यवसायीहरू खुसी हुने अपेक्षा गरिएको छ ।
करदाता सेवा केन्द्र उद्घाटन कार्यक्रममा संघका उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्त टंकबहादुर धामीलगायत कार्यसमिति सदस्य एंव कर्मचारीहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया