आशिष बहादुर सिंह
बझाङ, पुस १०
बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिक, असहाय, विपन्नवर्ग तथा अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट बच्न सिरकहरु वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमका बीच हिउँदमा अत्यधिक चिसो हुने भएकाले गाउँपालिकाले सिरक वितरण गरेको हो ।
गत हप्ता परेको पानी र हिउँसँगै चिसो अत्यधिक मात्रामा बढेपछि गाउँपालिकाले वडा कार्यालयहरुको सिफारिसमा ज्येष्ठ नागरिक, अति विपन्न वर्ग, फरक क्षमता भएका अपाङ्गता भएका व्यक्ति, एकल महिलालाई एक/एक वटा सिरक वितरण गरेको हो । गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले गत हप्तादेखि चिसो ह्वात्तै बढेकाले यस्तो कार्य गरिएको बताए ।
दुवै आँखा बन्द रहेका खप्तड छान्ना गाउँपालिका ७ का जहरी सिंहले हामी जस्ता असहाय, गरिब दीनदुःखीका लागि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो भएको बताए । गाउँपालिकाका सातवटा वडाहरुबाट प्रतिवडा १५ देखि २० जनालाई छनौट गरेर जम्मा एक सय ५ जनालाई सिरक वितरण गरिएको छ । गाउँपालिकाले गरेको कामप्रति गाउँका गरिब निमुखा जनतालाई निकै राहत पुगेको स्थानीयले बताएका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया