काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहिबार बजार परिसूचक पाँच दशमलव ७४ अंकले उकालो लागेर १५ सय ६१ दशमलव २७ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २३ अंकले उकालो लागेर तीन सय नौ दशमलव ५७ अंकमा चढेको छ । यसदिन कुल एक सय ९३ कम्पनीहरूको सेयर कारोबार भएका छन् । ती कम्पनीहरूको ४५ हजार आठ सय ३४ पटकको कारोबारमा ८९ लाख ७१ हजार तीन सय तीन कित्ता सेयर खरिदबिक्री भएका छन् भने कुुल कारोबार रकम दुई अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँ पुगेको छ ।
यसदिन नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा १२ वटा समूहको सेयर कारोबार भएका छन् । जसमध्ये छवटा समूहको सूचक उकालो लागेको छ भने छवटा समूहको सूचक ओरालो लागेको छ । त्यसमध्ये पनि वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ९७ अंकले उकालो लागेर १२ सय ४४ दशमलव ९० अंकमा चढेकोमा जलविद्युत् समूहको सूचक ५५ दशमलव ७१ अंकले उकालो लागेर १२ सय ९६ दशमलव ३९ अंकमा चढेको छ ।
यसैगरी फाइनान्स समूहको सूचक पनि नौ दशमलव ६२ अंकले उकालो लागेर सात सय ५५ दशमलव २२ अंकमा चढेकोमा टे«डिङ, होटल र अन्य समूहको सूचक पनि क्रमशः ७० दशमलव ८५, १७ दशमलव २७ र आठ दशमलव ९४ अंकले उकालो लागेका छन् । विकास बैंक समूहको सूचक भने एक दशमलव ६७ अंकले ओरालो लागेर १८ सय ३२ दशमलव ३१ अंकमा झरेकोमा लघुुवित्त समूहको सूचक पनि शून्य दशमलव ५२ अंकले ओरालो लागेर २५ सय ७० दशमलव ७३ अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ५३ दशमलव ९७ अंकले ओरालो लागेर सात हजार नौ सय ३० दशमलव ५३ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ४४ दशमलव एक अंकले ओरालो लागेर नौ हजार छ सय ९६ दशमलव ९५ अंकमा झरेको छ । यीबाहेक उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः नौ दशमलव तीन र शून्य दशमलव शून्य एक अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको अपी पावर लिमिटेडको सेयर मूल्य नौ दशमलव ७६ प्रतिशतले बढेर एक सय ८० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको माउन्टेन हाइड्रोपावर कम्पनीको सेयर मूल्य नौ दशमलव ७३ प्रतिशतले बढेर एक सय २४ रुपैयाँमा किनबेच भएको छ ।
यीबाहेक बरुण हाइड्रोपावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सिटिजन्स म्युुचअल फण्डको सेयर मूल्य दुई दशमलव १२ प्रतिशतले घटेर ११ रुपैयाँ आठ पैसामा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्लोबल आईएमई बैंक ऋणपत्रको सेयर मूल्य दुई प्रतिशतले घटेर एक हजार २९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, रिलायन्स फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन अरुण कावेली पावर लिमिटेडको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता दुई सय १८ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड ७८ लाख ६४ हजार चार सय १२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अपर तामाकोसी हाइड्रोपावर कम्पनीको दुई सय ९३ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ५९ लाख ३६ हजार एक सय ५० रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया