सहकारीद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको बिक्री शुभारम्भ
भक्तपुर ।
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सदस्य सेवा केन्द्र कमलविनायक, भक्तपुर न.पा. १० को मातहतमा सञ्चालन हुने गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको बिक्री शुभारम्भ सोमबार गरिएको छ । उक्त मार्टमा दैनिक उपभोग्यलगायत अन्य आवश्यक सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध छन् । यो मार्ट उक्त सहकारीले सञ्चालन गरेको दोस्रो मार्ट हो ।
यसअघि सदस्य सेवा केन्द्र डडेल्धुराबाट पहिलो गार्डेन मार्ट सञ्चालनमा ल्याएको थियो । यस संस्थाले २०७७ सालभरमा उपत्यकामा ५० वटा र नेपालभर दुई सयवटा सञ्चालन गर्ने तयारी गरिरहेको छ । यसबाट स्थानीयस्तरमा रोजगारी सृजना हुनुका साथै सहकारी संस्थाका सदस्यलगायत उक्त क्षेत्रका आम उपभोक्तालाई एउटै छातामुनिबाट उपभोग्य सामग्रीको प्राप्ति सुपथ मूल्यमा हुने भएकोले समय र पैसाको बचत हुने शिव शिखर बहउद्देश्यीय सहकारी संस्था लि.का मुख्य प्रबन्धक लिलानाथ गौतमले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया