‘हेम बहादुर मल्ल पुरस्कार’बाट घिसिङ र रुइत सम्मानित
काठमाडौं, पुस १३
हेम बहादुर मल्ल पुरस्कारबाट विद्युत् प्राधिकरणका प्रबन्धनिर्देशक कुलमान घिसिङ र डा. सन्दुक रूइत सम्मानित भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र नेपाल जनप्रशासन संघद्वारा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममाझ उपराष्ट्रपति वर्षमान पुनले उनीहरुलाई सम्मान गरेका हुन् ।
साल्ट ट्रेडिङ कर्पोरेसनले हरेक वर्ष प्रदान गर्दै आएको हेमबहादुर मल्ल पुरस्कार २०७३ बाट घिसिङ र २०७४ बाट रूइत सम्मानित भएका हुन् । उक्त पुरस्कारको राशि २/२ लाख रुपैयाँ रहेको छ । घिसिङलाई नेपालको जलविद्युत्को क्षेत्रमा पु¥याएको योगदान र डा. सन्दुकलाई नेत्र चिकित्साको क्षेत्रमा पु-याएको योगदानको कदरस्वरुप सम्मान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपराष्ट्रपति पुनले सम्मानित व्यक्तित्वहरुले देश र समाजका लागि विशिष्ट योगदान पु-याएको बताउँदै जिम्मेवारी वहन गर्ने क्रममा कसैले पनि आफ्नो दायित्वलाई भुल्न नहुने बताए ।
कार्यक्रममाझ बोल्दै पुरस्कार छनौट समितिका संयोजक समेत रहेका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले हेम बहादुर मल्ल एक कुशल प्रशासक रहेको स्मरण गर्दै असल र राम्रा कामलाई प्रोत्साहन दिने उद्देश्यका साथ वि.सं.. २०५९ सालदेखि कर्पोरेसनको प्रायोजनमा हेम बहादुर मल्ल सम्मान प्रदान गर्न थालिएको बताए । कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका अध्यक्ष लक्ष्मी दास मानन्धरले हेम बहादुर मल्लको योगदानको चर्चा गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको विकास र सेवा विस्तारमा ठूलो देन रहेको उल्लेख गरे । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले हेम बहादुर मल्ल सम्मानले नेपालको प्रशासन क्षेत्र उत्साहित बन्दै जानेमा आफू आशावादी रहेको प्रतिक्रिया दिइन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- लसुन खेतीबाट राम्रो आम्दानी
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- ‘अर्थतन्त्रमा देखिएको शिथिलताले निजी क्षेत्रको सम्पति ५० प्रतिशतसम्म ऋणात्मक’
- गोरखापत्रलाई प्रतिस्पर्धी र विश्वसनीय बनाइनुपर्छ: मन्त्री शर्मा
- उत्पीडित वर्ग, जाति र समुदायलाई आफ्नो अधिकारको रक्षा गर्न प्रधानमन्त्रीको अपिल
- डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगीलाई राहत
- एक अर्ब रूपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा
- एक सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयले ल्याएको तरङ्ग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया