बिइङ ह्युमन क्लोथिङले नेपालमा मनायो सलमानको जन्मोत्सव
काठमाडौं, पुस १३
दरबारमार्गस्थित बिइङ ह्युमन क्लोथिङ नेपालले बलिउड सुपर स्टार सलमान खानको जन्मोत्सव मनाएको छ । बिइङ ह्युमन क्लोथिङ सञ्चालन गर्दै आएको बिइङ ह्युमन फाउण्डेसनका संस्थापक समेत रहेका सलमान खानको ५४ औं जन्मदिनको अवसरमा शुक्रबार कार्यक्रमको आयोजना गरिएको हो । विभिन्न देशमा रहेका बिइङ ह्युमन क्लोथिङको ‘शो–रुम’हरुमा सलमान खानको जन्मोत्सव भव्यताका साथ मनाईएको बिइङ ह्युमन क्लोथिङको नेपालको एकमात्र आधिकारीक बिक्रेता वस्त्र ईन्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुदिपचन्द्र बख्रेलले जानकारी दिए ।
‘सलमान खान फिल्ममात्र होईन, वास्तविक जिवनमा पनि हिरो बन्न सफल हुनुभएको छ,’ प्रमुख कार्यकारी अधिकृत बख्रेलले भने, ‘बलिउड सुपर स्टारभन्दा पनि सामाजिक गतिविधी सकृय बिइङ ह्युमन फाउण्डेसनका संस्थापकको रुपमा जन्मदिन मनाएका हौँ।’ प्रमुख कार्यकारी अधिकृत बख्रेलले बिइङ ह्युमन क्लोथिङ नेपालले पनि आगामी दिनमा विभिन्न किसिमको च्यारिटिहरुको आयोजना गर्ने बताए ।
उनले भने, ‘अब हामी बिइङ ह्युमनको शो–रुममै पनि शारिरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुलाई पनि रोजगारी दिनेछौँ।’ केहि समय आन्तरिक समस्याका कारण बन्द रहेको बिइङ ह्युमन नेपालको शो–रुम आजकै दिनदेखी औपचारिक रुपमा पुनः सञ्चालनमा आएको छ। ‘विभिन्न आरोह–अवरोहबिच आज हामी यहाँसम्म आईपुगेका छौँ,’ वस्त्र ईन्कका सञ्चालक राजु थापा क्षेत्रीले भने, ‘नयाँ व्यवस्थापन र नयाँ उर्जाका साथ फर्किएका छौँ।’ यसै क्रममा वस्त्र ईन्कले आफ्ना ग्राहकहरुलाई सलमान खानको फिल्म दबगं–३ देखाउन पनि लगेको थियो। ‘सलमान खानका समर्थकहरुलाई एकसाथ उनको फिल्म हेर्न हलसम्म लग्यौँ,’ अर्का सञ्चालक सुरज केसीले भने, ‘यस अवसरमा हामीलाई साथ दिनुहुने सबैप्रति आभारी छौँ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया