क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा
काठमाडौं ।
कोभिड १९ लकडाउनको कारण सेवा बन्द रहेको नगरकोटको होटल क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको छ । पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्यसम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै होटल सञ्चालनमा आएको बताइएको छ । होटलमा सीमित पाहुनालाई मात्र सेवा दिने र ७२ घण्टै रुम क्लिन साइकलको नियम पालना गर्दै बिहान छिटो चेकइन र दिउँसो ढिलो चेकआउट गर्न पाउने सुविधा लागू गरिएकोे होटलले जनाएको छ ।
पुनः सञ्चालनमा आएको अवसरमा होटलले चाडपर्वलाई लक्षित गरी फेस्टिभ विशेष अफर समेत ल्याएको छ । अन्य समयमा नेपाली रुपैया नेट ११ हजार पर्ने मूल्यको यस अफरमा एक जोडीलाई प्रतिरुम छ हजारमा बेड एण्ड ब्रेक फास्ट समावेश गरिएको छ, जसमा डिलक्स रुमको सुविधा, बेभरेजमा १० प्रतिशत छुट, दोस्रो पटकको बुकिङ्गमा १० प्रतिशतको डिस्काउन्ट भौचरका साथै २ गिलास वाइन लगायत थुप्रै अन्य सुविधाहरु समेत लिन सकिनेछ । यस योजनामा शर्तहरु भने लागू हुनेछ । नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित यस होटलबाट विश्वकै उत्कृष्ट मौसमी वातावरणमा मनोरम हिमाली शृंखलाको अवलोकनको आनन्द लिन सकिनेछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
- राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक
- महिन्द्रा उत्सव योजनाका लक्की ड्र विजेताहरूलाई पुरस्कार हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया