दुई तिहाइ बहुमतको बलियो सरकार गठन भएपछि पहिलेका विकृति सच्चाएर मुलुकले नीतिगत निकास र विकास पाउने अपेक्षा गरिएको थियो । तर, दुई तिहाइ बहुमत र बहुमतको दम्भ दुवै स्खलित नहुँदासम्म सरकारले आँखा नै खोलेन । पहिला जे–जस्तो हुन्थ्यो, त्यसलाई निरन्तरता दिनुसिवाय अरु नयाँ केही देखिएन । यति मात्र होइन सरकारले त्यस्ता स्वार्थपरक कर्म बढाउँदै लग्यो । सत्तामा हुनेहरूले मात्र होइन, सत्तामा पहँुच भएका सबैले त्यही गरे र जसरी पनि धन जोड्ने होडबाजी गरे ।
त्यसैको परिमाणस्वरूप नेपालको पवित्र भूमिलाई अपराधीहरूले आश्रय लिने स्वर्ग नै बनाए । पछिल्लो पटक नेपालमा चिनियाँ ह्याकरहरूमाथि आंशिक कारबाही भयो । त्यसलाई पूर्ण कारबाही हुन प्रहरी प्रशासनले नै नदिएको कुरा दोहो-याइरहनु पर्ने होइन । चिनियाँ ह्याकरले कहाँ के ह्याक गरे भन्ने कुरो पनि सार्वजनिक गरिएको छैन । मन परेको केटो जेठाजु नाता परेजस्तो भएको छ । सरकारले त्यो बारेमा सबै कुरा बोल्न चाहेको छैन । त्यही अनाडी समातेर प्रहरी प्रशासनको उच्चतह नै त्यो अपराध कर्ममा लुटुपटिएको यथार्थ पनि कुनै तर्कशास्त्रीले पुष्टि गर्ने अवस्था छैन । पञ्चायतको उत्तरार्धमा त्यतिबेलाका आईजीपी डोबी लामा लागूऔषध गिरोहसँग मिलेर काम गरेको स्पष्ट भएपछि जेल परेका थिए ।
अहिले त मन्त्रीदेखि नातागोता, भाइभारदार सबै संलग्न देखिएका छन् । छानबिन र प्रहरी कारबाही अपराधीकै पक्षमा गएको आरोप पनि लागेका छन् । यो अवास्था सामान्य होइन । यो अपराधभन्दा पनि महाअपराध हो । त्यसमा संलग्न महान व्यक्तिहरू अपराध शिरोमणि हुन् । सत्ताले नै रुन्चेहाँसो गरिरहेका बेला ती अपराधशिरोमणिहरूलाई कसले कारबाही गर्ला भन्ने आस गर्नु ? सचेत नागरिकहरू यो अवस्था देखेर आफैँ अचेत हुने अवस्था छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया