महेन्द्र शाही
सोलुखुम्बु, पुस १४
नियमको ध्वज्जी उडाउँदै सगरमाथा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र हेलिकप्टर उडान तथा अवतरण गरिरहेका हेलिकप्टर कम्पनीहरूले राजस्व तिर्नसमेत आलटाल गर्ने गरेको पाइएको छ । निकुञ्ज क्षेत्रमा उडान गर्ने हेलिकप्टरले प्रतिउडान तीन हजार रूपैयाँको दरले रोयल्टी बुझाउनुपर्ने व्यवस्था भए पनि कम्पनीहरूले आफूखुशी उडान भर्दै राजस्व तिर्न आलटाल गरेको निकुञ्जको कार्यलयले जनाएको छ । विश्व सम्पदा सूचीमा समेत सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्जमा हेलिकप्टरको मनोमानी विकृतिको रूपमा देखिएको छ ।
पर्यटकीय सिजनमा दैनिक ५० भन्दा बढी पटक खुम्बुको माथिल्लो क्षेत्रमा हेलिकोप्टर अवतरण हुने गरेको कार्यलयको तथ्यांकमा उल्लेख छ । कहाँ, कुन स्थानमा अवतरण गर्न पाउने, कति उचाइभन्दा मुनि उड्न नपाउने र उडानको बाटो तय नभएकाले निकुन्जमा संरक्षित वन्यजन्तु आतंकित बन्ने गरेको सगरमाथा राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृति भूमिराज उपाध्यको भनाइ छ ।
जिल्लाको तल्लो भेगबाट प्रशासनलाई जानकारी नै नगराई उडान हुँदै आएको छ भने राष्ट्रिय निकुञ्जसँग समेत समन्वय नगरी मनोमानी ढङ्गले उडान हुँदा चोरी सिकारी तथा अवैध वस्तुहरूको ओसारपोसार हुन सक्ने आशंका पैदा भएको छ । यस विषयमा आफ्नो ध्यानार्कषण भएकाले २४ घण्टाभित्र छलफल गरी समाधान खोजिने प्रमुख सरंक्षण अधिकृत उपाध्यले बताए । राष्ट्रिय निकुन्जमा जथाभावि उडान नर्गन वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय निकाय यूनेस्कोले सचेत गराइसकेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया