अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा
काठमाडौं, पुस १४
अजोड इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले यही पुुस ११ गते दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । कम्पनीले सञ्चालनमा आएको छोटो अवधिमा नै प्रधान कार्यालय सातवटा प्रादेशिक कार्यालय (विराटनगर, विरगञ्ज, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत, धनगढी) तथा १६ वटा शाखा कार्यालय (विर्तामोड, इटहरी, जनकपुर, नारायणघाट, बनेपा, भक्तपुर, नयाँ बानेश्वर, जोरपाटी, बुढानिलकण्ठ, बालाजु, ललितपुर, कलंकी, कीर्तिपुर, पर्वत, भैरहवा र नेपालगञ्ज तथा १५ वटा उपशाखा कार्यालय (दमक, रौतहट, लाहान, जितपुर सिमरा, टाँडी, चापागाउँ, कावासोती, पालुबटार, बुर्तिवाब, दमौली, गुल्मी, पूर्वी रुकुम, टिकापुर, दाङ र पश्चिम रुकुम) १८ वटा तेस्रो पक्ष बीमा काउन्टरहरू (एकान्तकुना, सतुङ्गल, ठाडोभयाङ, भक्तपुर, विर्तामोड, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौंडा, नारायणघाट, कावासोती, डुमे्र, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत) र एउटा ग्राहक सेवा केन्द्र (सञ्चयकोषको कार्यालय, ठमेल)मार्फत बीमा सेवा सुरुवात गरी बीमा सेवा प्रदान गर्न सक्षम भएको छ ।
कम्पनीले २०७६ साल बैशाख ०१ गते देखि नै लागू हुनेगरी आफ्ना ग्राहकहरूलाई तीन सय ६५ दिन नै बीमा सेवासमेत प्रदान गर्दै आएको छ । कुनै पनि बीमा कम्पनीका लागि मेरुदण्डका रूपमा रहेको दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो चुस्त र पारदर्शी बनाउने उद्येश्यले यस कम्पनीले फास्ट ट्रयाक दाबी भुक्तानी नीति अवलम्बन गरी दुुई लाखसम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्थासमेत गरेको छ । साथै डिजिटल बीमाका लागि च्याट बोर्डको परीक्षणको रूपमा आरम्भ गरिएको छ ।
डिजिटल बीमा शुल्क भुक्तानीका लागि कम्पनीले आईएमई–पे, खल्ती, सेल–पे, एनआईसी एसिया, मर्चेन्ट म्यानेजमेन्ट सर्भिसजस्ता सेवाहरूको कार्य आरम्भ गर्ने कार्यको लागि सम्झौता भइसकेको छ । कम्पनीले चालू आर्थिक वर्षको हालसम्म ४८ हजार ७१ वटा जारी गरी ३५ करोड ९२ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । साथै हालसम्म आठ ६६ वटा दाबीबापत १० करोड १२ करोड दाबी भुक्तानी गर्न सफल भएको छ । त्यसैगरी हाल कम्पनीको संस्थापक सदस्यहरूबाट कायम रहेको चुक्ता पुँजी ७० करोड रहेको छ भने लगानीतर्फ ९५ करोड ९७ करोड पुगेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया