कोजेन्ट हेल्थ र इ–सेवाबीच अनलाइन सेवा सहकार्य
काठमाडौं ।
कोजेन्ट हेल्थले इ–सेवासँगको सहकार्यमा अनलाइनमार्फत अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेको छ । कोजेन्ट हेल्थले सुरु गरेको इ–अपोइन्टमेन्ट्स प्लेटफर्ममार्फत बिरामी अथवा अन्य सर्वसाधारणले इ–सेवाको एपबाट आबद्ध स्वास्थ्य संस्थाका कुनै पनि डाक्टरहरूसँग ओपीडी परामर्शका लागि सहजै अपोइन्टमेन्ट बुक गर्र्नुका साथै इ–सेवामार्फत शुल्कसमेत भुक्तान गर्न सक्नेछन् ।
कोजेन्ट हेल्थका प्रबन्धनिर्देशक डेनियल डी श्रेष्ठले सेवा शुभारम्भको घोषणा गर्दै स्वास्थ्य सूचना प्रविधि र डिजिटल वित्तीय प्रविधिलाई एकीकृत गर्दै बनाइएको यस नवीनतम सेवाले नेपालमा दिगो डिजिटल इकोसिस्टम निर्माण गर्ने दिशामा अग्रसर हुने बताए । यो सेवाको सुरुवातले अस्पताल तथा स्वास्थ्य सेवा संस्थाहरूलाई उनीहरूको ओपीडी सेवाहरू सुलभ र व्यवस्थित बनाउने मात्र नभई इ–सेवाका ३५ लाख बढी सक्रिय प्रयोगकर्ता र यसका एजेन्ट साझेदारहरूले देशभर सेवा प्रदान गरिरहेका एक करोडभन्दा बढी प्रयोगकर्तामा विस्तार गर्ने काममा सहयोग पु-याउने कम्पनीको दाबी छ । कोभिड १९ को महामारीले उत्पन्न विषम परिस्थितिमा जोखिम न्यूनीकरणका लागि आम जनताले आफ्नो घरबाटै चाहेको अस्पताल र चिकित्सक पत्ता लगाई अपोइन्टमेन्ट बुक गर्न र लाइन बस्दा हुनसक्ने जोखिम र झन्झटविना नै उपचार तथा परामर्श लिन सकिन्छ ।
हाल निदान अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल र बीपी कोइराला नेत्र विज्ञान केन्द्रजस्ता प्रतिष्ठित निजी स्वास्थ्य संस्था यस प्लेटफर्ममा आबद्ध भइसकेका छन् भने दर्जनौँ अस्पताल तथा स्वास्थ्य संस्थामा यो सेवा सुरु हुने क्रममा रहेको इ–सेवाले जनाएको छ । कोजेन्ट हेल्थ प्रा.लि.स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कोजेन्ट हेल्थले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माण गर्ने कार्य गर्दछ । कोजेन्ट हेल्थ र इ–सेवाद्वारा निर्मित इ–अपोइन्टमेन्ट्स र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरु माप्रयोग भइरहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया