एमभी अगष्टाका चार नयाँ मोडल नेपालमा
काठमाडौं ।
नेपालमा प्रिमियम स्पोर्टस् बाइकको क्रेजलाई मध्यनजर गर्दै भेलोसिटी प्रालिले बजारमा एमभी अगष्टाको चार नयाँ मोडलहरु नेपाली बजारमा भित्र्याएको छ । सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेकोे एमभी अगष्टा आजको दिनमा इटालियन मोटरसाइकल उत्पादन गर्ने एक बहुप्रतीष्ठित कम्पनीको रुपमा स्थापित भएको छ ।
नेपाली बजारमा प्रवेश गरेका ब्रुटल ८०० आरआर, ड्रयागिस्टेयर ८०० आरआर पिरेल्ली, टुरिज्मो भिलभ ८०० र ड्रयागिस्टेयर ८०० आरआर अमेरिका एमभी अगष्टाका उष्कृष्ट बाइकहरु हुन् । आठ सय सीसी इन्जिन क्षमता रहेका यी बाइकहरुमा १४० बीएचपीको पावर र ८७ एमएमको टर्क रहेको छ ।
यद्यपि टुरिज्मो भिलभ ८०० मा भने ११० बीएचपीको पावर र ८० एमएमको टर्क रहेको छ । नेपाली बजारमा ब्रुटल ८०० आरआरको मूल्यको ४८ लाख ९० हजार रुपैयाँ, ड्रयागिस्टेयर ८०० आरआर पिरेल्लीको मूल्य ५९ लाख ९० हजार रुपैयाँ, ड्रयागिस्टेयर ८०० आरआर अमेरिकाको मूल्य ५७ लाख ९० हजार रुपैयाँ र टुरिज्मो भिलभ ८०० को मूल्य ५७ लाख ९० हजार रुपैयाँ रहेको छ । एमभी अगष्टामा सर्वोत्कृष्ट पर्फमेन्सका साथै प्रतिष्ठित डिजाइन रहेको छ ।
कम्पनीका अनुसार यसमा एडभान्स तथा उच्चस्तरीय पदार्थ र इन्जिनियरिङ्ग टेक्नोलोजी प्रयोग गरिएको छ । एमभी अगष्टाको हरेक मोटरसाइकलहरु अटोमेसन नभई दक्ष व्यक्तिहरुको हातबाट जडान गरिएको छ । एसजे मोटो कान्तिपथ, काठमाडौंमा अवस्थित एमभी अगष्टाको शोरुममार्फत ग्राहकहरुले खरिद, सर्भिस, स्पेयर पार्टस् तथा एसेसोरिजहरु प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया