विवादित छायादेवी कम्प्लेक्सकोे जग्गाले पायो क्लिन चिट
काठमाडौं ।
विगत ३० वर्षदेखि विवादमा रहेको ठमेलको छायादेवी कम्प्लेक्स(छाया सेण्टर)ले क्लिन चिट पाएको छ । गुठी संस्थानले २०४७ माघ १८ गते उक्त जग्गाका कित्ताहरू अम्बिका राणा रशंकर प्रसाद शाहको नाममा रैतानी गर्ने निर्णय गरेकोमा पछि गुठी संस्थानले नै वि.सं.२०४७ चैत १४ गते बदर गरेको थियो । गुठी संस्थानको पछिल्लो कदमविरुद्ध अम्बिका राणाले पुनरावेदन अदालतमा मुद्दा हालेकी थिइन् ।
१५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त छाया सेन्टर रहेको जग्गामा परेको मुद्दाको सुनुवाइ गर्दै पुनरावेदन अदालत पाटनले गुठी संस्थानको पहिलो निर्णयलाई कायम राखी गुठी संस्थानबाट परेको पछिल्लो निर्णय बदर गरेको थियो । उक्त मुद्दाको २०५३ साल जेठ २५ गते बदर भएको थियो । गुठीका गुठीयार थकालीहरूले पुनरावेदन अदालतको पछिल्लो निर्णय बदर गरिपाऊँ भनि राणाविरुद्ध काठमाडौं जिल्ला अदालतमा छुट्टै मुद्दा दायर गरेका थिए ।
जिल्ला न्यायाधीशको रोहवरमा दुई पक्षबीच २०६२ साल असार १६ गते मिलापत्र भएयता सो जग्गामा कुनै विवाद नरहेको व्यहोरा सिंहसार्थ वाहु गरुड भगवान गुठीले स्पष्ट पारेर गुठीले छायादेवी कम्प्लेक्सलाई २०७७ असोज २७ गते यस्तो पत्र काटेसँगै उक्त कम्प्लेक्स भएको जग्गाले ब्लिन चिट पाएको हो । यसरी ३० वर्षदेखिको छाया सेन्टरको विवाद साम्य भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया