कोरोनाबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु
काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विगत दुई सातामा यूएईमा मात्र थप आठ जना नेपालीहरूको ज्यान गएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक जना नेपालीको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार एक सय ५७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ । तीमध्ये ४९ देशका ४९ हजार एक सय १० जना नेपालीमा कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत रहेको हो ।
शनिबार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका संख्या तीन सय १२ जना जनाको कोरोना संक्रमणका कारणले निधन भएको स्वास्थ समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार यो साता मलेसिया, भारत, कतार, यूएई, नाइजेरिया, साउथ अफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीहरूमा थप कोरोना संक्रमण देखिएको छ ।
यस्तै गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले क्रिसमसलगायत न्यू इयरका अवसरमा भिडभाड कम गर्न र सकेसम्म घरभित्रै बसेर पर्व मनाउन आग्रह गरेको छ । क्रिसमस र नयाँ वर्षका अवसरमा मानिसहरू ठूलो संख्यामा उपस्थित हुने र समारोहहरू गर्ने भएकोले त्यसबाट संक्रमणको उच्च जोखिम रहने भएकोले त्यसो नगर्न समितिले आग्रह गरेको हो । महामारीको जोखिम कम नभएको र विशेषतः युरोपेली मुलुकमा संक्रमण अस्वभाविक रूपमा फैलिरहेको भन्दै ती मुलुकमा रहेका नेपालीले अझै सावधानी अपनाउनुपर्ने समितिका संयोजक सापकोटाले बताए ।
यसैबीच समितिले विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिसकेको र त्यहाँस्थित केही नेपालीले पनि खोप लगाएको प्रति खुशी व्यक्त गरेको छ । यद्यपि खोपको सर्वव्यापी सहजता नभएको र अझै कयौँ देशमा खोप आउन बाँकी रहेकोले सावधानी आवश्यक रहेको समितिका संयोजक सञ्जिव सापकोटाले बताए । उनले अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि सबैलाई आग्रह गरे । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया