गुल्मी ।
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले अपाङ्ग परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाका ७ वटा वडामा पुगेर हालसम्म दुई सय ८३ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
अपाङ्गता भएका नागरिकहरूको पहिचान गर्न, राज्यबाट प्राप्त सेवा सुविधाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नागरिकको सुविधालाई मध्यनजर गर्दै घुम्ती शिविरमार्फत अपाङ्ग परिचयपत्र वितरण गरिएको पाण्डेले बताए । पुस १५ गतेदेखि १७ गतेसम्म गाउँपालिकाले शिविरमार्फत वर्गको आधारमा ४१ जना नागरिकलाई अपाङ्ग परिचयपत्र वितरण गरेको छ ।
अपाङ्ग परिचयपत्र पाउनेमा १५ जना पुरुष र २६ जना महिला रहेका छन् । २ जना महिला र १ पुरुष गरी ३ जना ‘क’ वर्गका रहेका छन् भने ४ जना महिला र ६ पुरुष गरी १० जना ‘ख’ वर्गका रहेका छन् । यस्तै ७ जना महिला र १४ पुरुष गरी १४ जना ‘ग’ वर्गका रहेका छन् । ३ जना महिला र २ पुरुष गरी ५ जना ‘घ’ वर्गका रहेका छन् । गाउँपालिकाले सबै नागरिकको पहिचान गरी अपाङ्गता भएकाहरूलाई अपाङ्ग परिचयपत्र वितरण गरिरहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया