काठमाडौं ।
नेपाली सेनाले ‘एकीकरण पदयात्रा’ कार्यक्रमको शुभारम्भ गरेको छ । दुई सय ९९औं ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसर पारेर सेनाले मंगलबारदेखि पुस २७ गतेसम्म गोर्खाली सेनाद्वारा विजय अभियानको लागि प्रयोग भएका पदमार्गहरू गोरखादेखि धादिङ, नुवाकोट हुँदै काठमाडौँ जङ्गी अड्डासम्म सञ्चालन हुने ‘एकीकरण पदयात्रा’ गोरखा दरबारबाट शुभारम्भ भएको छ ।
विभिन्न स्थानहरूमा सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा प्रवचनको कार्यक्रमहरू समावेश रहने उक्त पदयात्राको दौरान राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालिन सैनिक पोशाकमा सोही समयमा खडा भएका नेपालका पहिला पाँचवटा युनिटहरूको निशान झन्डा संलग्न भएको सेनाले जनाएको छ ।
उक्त कार्यक्रममा नेपाली सेनालगायत स्थानीय, सरकारी, गैरसरकारी निकायहरू र सर्वसाधारणको समेत सहभागिता रहेको छ । यसप्रकारका कार्यक्रमले नेपालको इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकताको भावनामा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया