पुतलीबजारका सुन्तला कृषकहरूलाई ‘ओरेन्ज हार्वेस्टर स्टीक’
स्याड.जा ।
पुतलीबजार नगरपालिका र फलफूल तथा तरकारी मूल्य शृंखला विकास आयोजनाको साझेदारीमा नगरपालिकाका सुन्तला कृषकहरूलाई उत्पादन उपरान्त हुने क्षति न्यूनीकरण गर्न आवश्यक पर्ने सामग्रीहरू वितरण गरिएको छ । पुतलीबजार नगरपालिका २, ७ र १३ नंबरका वडाहरूका क्रमशः सूर्यमुखी कृषि सहकारी संस्था, माझबिनी कृषि उपज उत्पादन तथा बजारीकरण सहकारी संस्था र पीपलडाँडा कृषि सहकारी संस्थाका सुन्तला कृषकहरूलाई सामग्री वितरण गरिएको हो ।
विभिन्न सामग्रीहरू हस्तान्तरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले फलफूल तथा तरकारी मूल्य श्रंखला विकास आयोजनाले धेरै सहयोग गरेको बताउँदै सुन्तला किसानहरूले सामग्रीहरूको प्रयोगबाट सुन्तलामा हुने क्षेति न्यूनीकरण गर्न अनुरोध गरिन् । नगरप्रमुख क्षेत्रीले मूल्य शृंखला विकास आयोजनाको साझेदारीमा पुतलीबजारको खेलमैदान मालेबगरमा तरकारी बिक्री केन्द्र स्थापना गरिएको जानकारी दिँदै पुतलीबजारमा उत्पादन भएका सुन्तला तथा तरकारीहरू बिक्रीकेन्द्रमार्फत बिक्री गर्न अनुरोध गरेकी थिइन् ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम बराल, पुतलीबजार आर्थिक विकास समितिका संयोजक बाबुकाजी जिटी, कृषि शाखा प्रमुख कृषि अधिकृत मनिषा लामिछाने र फलफूल तथा तरकारी मूल्य शृंखला विकास आयोजनाका प्रतिनिधि अनुषा शर्मालगायतले योजनाहरूलाई सफल बनाउन अनुरोध गरे । उनीहरूले पुतलीबजार नगरपालिका र फलफूल तथा तरकारी मूल्य शृंखला विकास आयोजनाको साझेदीरमा उत्पादन भएका तरकारी तथा फलफूलहरूको बजारीकरणको लागि सहजीकरण गरिने बताए ।
कार्यक्रममा पुतलीबजार नगरपालीकाभित्र रहेका सूर्यमुखी सहकारी, माझवानी कृषि उपज सहकारी र पीपलडाँडा सहकारीका २४ जना सुन्तला व्यवसायी कृषकहरूलाई ओरेन्ज हार्वेस्टर स्टीक वितरण गरिएको थियो । पुतलीबजार नगरपालिकाभित्रका तीन सहकारी संस्थाका २४ सुन्तला व्यवसायी कृषकहरूलाई करिब ५५ हजारबराबरको ओरेन्ज हार्वेस्टर स्टीक तथा सम्बन्धित पुस्तकहरू वितरण गरिएको कृषि शाखाका कर्मचारी सुना सुवेदीले जानकारी दिइन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया