महिन्द्रा ट्र्याक्टर उत्सव योजना : बम्पर लक्की ड्रका विजेता घोषित
काठमाडौं ।
नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्र्याक्टरहरूको अधिकृत वितरक अग्नि इन्कर्पोरेटेडले महिन्द्रा ट्रयाक्टर उत्सव योजनाअन्तर्गत बम्पर लक्की ड्रका विजेताको नाम घोषणा गरेको छ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा अग्नि इंकका ब्रान्ड एम्बेसडर पारस खड्काले ‘लक्की ड्र’ कार्यक्रममार्फत तीन बम्पर पुरस्कार विजेताहरू घोषणा गरेका हुन् । कम्पनीले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै चाडपर्वका अवसरमा ‘महिन्द्रा उत्सव’ नारासहित विशेष योजना अघि सारेको थियो ।
यस योजनाअन्तर्गत, महिन्द्राले आफ्ना ग्राहकहरूलाई खेतीसम्बन्धी लाभदायक योजनाहरू उपलब्ध गराएको छ, जसले वर्तमान महामारीको स्थितिमा पनि कृषि क्षेत्रमा योगदान पु-याएका छन् । यस योजनाअन्तर्गत जीवन बीमा (५ लाख रुपैयाँको दुर्घटना बीमा र १ लाख रुपैयाँको स्वास्थ्य बीमा) सहित रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङसहितका पक्का उपहार राखिएको थियो । यसका साथै, रोमाञ्चक बम्पर पुरस्कारका रुपमा महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर) तीन जना भाग्यशाली विजेताहरुलाई लक्की ड्र कार्यक्रममार्फत प्रदान गरिने व्यवस्था गरिएको थियो ।
भाग्यशाली ड्र विजेताहरू धनकुटाको योगराज राई, नेपालगन्जका निरन्जना चौधरी र सोही ठाउँका राम बहादुर कामी रहेका छन् । दशैं, तिहार, छठ र विश्वकर्मा पूजाको शुभ अवसरमा महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका लागि ‘महिन्द्रा उत्सव’ योजना सञ्चालत गरिएको थियो । यो योजना भदौ ३० देखि मंसिर १५ गतेसम्म सञ्चालनमा रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगीलाई राहत
- एक अर्ब रूपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा
- एक सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयले ल्याएको तरङ्ग
- १६औँ योजनामा घट्यो कुल लगानीको अनुमानित रकम
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया