भूकम्पपीडितलाई तीन महिनादेखि दोस्रो र तेस्रो किस्ताको अनुदान वितरण हुन सकेन
सोलुखुम्बु ।
सोलुखुम्बुका भूकम्पपीडितहरूलाई तीन महिनादेखि दोस्रो र तेस्रो किस्ताको अनुदान वितरण हुन सकेको छैन । निजी आवास पुनर्निर्माण सम्पन्न गरेका र पुनर्निर्माण गरिरहेका लाभग्राहीले विगत तीन महिनादेखि सरकारले उपलब्ध गराउँदै आएको अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् ।
लाभग्राहीहरू कसैले पनि असोज ३० यता अनुदानबापतको रकम लिन सकेका छैनन् । निजी आवास पुनर्निर्माण भइसकेपछि तेस्रो किस्ताका लागि माग गरेका एक सय ८२ लाभग्राही र घर निर्माण गरिरहेका ७२ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम नपाएका हुन् । पहिलो किस्ताबापतको अनुदान रकम निकासा भइरहेको भएपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ सोलुखुम्बुको तथ्याङ्कअनुसार असोज ३० गते यता माग गरेका लाभग्राहीले दोसो र तेस्रो किस्ता पाउन नसकेका हुन् ।
आवश्यक प्रक्रिया पूरा गरी अनुदानबापतको रकम निकासाका लागि माग गरेको भएपनि उनीहरूलाई अनुदान रकम दिइएको छैन । अनुदानका लागि सदरमुकाम धाउने लाभग्राहीहरू पटक–पटक रित्तो हात फर्किन बाध्य बन्दै आएका छन् । रकम निकासा हुनका लागि आवश्यक बजेट नभएकाले अनुदान रकम वितरणका लागि समस्या भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ सोलुखुम्बुका इन्जिनियर बुद्धिनारायण श्रेष्ठले जानकारी दिए ।
थप अनुदानका लागि ७४ करोड रूपैँया माग गरिएको जिल्ला आयोजना कार्यान्वयन ईकाइका प्रमुख विमलप्रसाद बरालले बताए । रकम प्राप्त भएपछि वितरण गरिने आयोजना कार्यान्वयन इकाइ सोलुखुम्बुले जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका अनुसार अहिले जिल्ला आयोजना कार्यान्वयन एकाइ सोलुखुम्बुको खातामा सात करोड २५ लाख रूपैयाँ रहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने अनुदान व्यवस्थापनका लागि अर्थमन्त्रालयलाई पत्राचार गरिएको बताए । मन्त्रालयबाट रकम प्राप्त भएपछि दोस्रो र तेस्रो किस्ता वितरण गरिने बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया