रिचार्जरको भ्यालेन्टाइन अफर ५ हजार ९ सय ९९ रुपैयाँमा हेलिराइड
काठमाडौं ।
नेपाली ईकमर्स मोबाइल एप रिचार्जरले भ्यालेन्टाइन्स डेको अवसर पारेर पोखरा हेलिराइड अफर सञ्चालनमा ल्याएको छ । रिचार्जरबाट पोखरा साइटसिन बुकिङ गर्नेले पाँच हजार नौ सय ९९ रुपैयाँमा पोखरासम्मको हेलिराइड पाउने अफर ल्याएको हो । अफरमा सहभागी हुनका लागि शुक्रबारदेखि नै कम्पनीले रिचार्जरको मोबाइल एपमा बुकिङ खुल्ला गरेको थियो ।
यसका साथै रिचार्जरले एपका नयाँ प्रयोगकर्तालाई दुई हजार क्यास प्वाइन्ट उपलब्ध गराउने भएको छ । यसका लागि गूगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्नुपर्ने हुन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट वस्तु तथा सेवा खरिद गर्दा छुटका रूपमा रिडिम गर्न सकिन्छ । साथै भ्यालेन्टान्स डेको अवसरमा रिचार्जरबाट गिफ्टहाम्पर प्याकेज, केक, रोज, पर्फ्युम, मोबाइल, ल्यापटपलगायतका ग्याजेट्स खरिद गर्दा आकर्षक छुटसमेत प्रदान गरिने रिचार्जरले जनाएको छ ।
कमजोर आर्थिक अवस्था भएकाहरूले रिचार्जरबाट शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामानहरू खरिद गर्न सक्छन् । किस्ताबन्दीमा सामान खरिद गर्नेहरूले पनि भ्यालेन्टान अफरका छुटहरू पाउने छन् । सबै अफरहरू भ्यालेन्टान्स डेको दिनसम्म मात्र लागू हुनेछ । विभिन्न किसिमका सेवाको बिलसमेत भुक्तानी गर्न सकिने रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ भने अन्य सेवाहरूको महसुल भुक्तानीमा पनि २० प्रतिशतसम्म क्यास प्वाइन्ट पाइन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया