काठमाडौं ।
नेपाली किसानले अब आफ्नो खेतबारीका माटोको उर्वराशक्ति, अम्लीयपन प्राङ्गारिक पदार्थ माटोको बनोटजस्ता कुराको जानकारी सजिलै पाउन सक्ने भएका छन् । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सार्वजनिक गर्नलागेको माटोको विद्युतीय नक्साङ्कनमार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ ? कुन बालीको उत्पादन राम्रो हुन्छ ? कति मल प्रयोग गर्नेजस्ता जानकारी सहजै लिन सक्नेछन् ।
देशभरबाट कुल २३ हजार दुई सय ७३ वटा माटोको नमूना परीक्षण गरी तयार गरिएको यो नक्साङ्कनले कृषकलाई सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रासायनिक पक्षबारे विस्तृत जानकारी पाउन सक्ने बताइएको छ । नक्साङ्कन कार्यले किसान मात्र नभई नीति निर्माता, अनुसन्धानकर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्तालाई समेत माटोसम्बन्धी पूर्ण जानकारी दिनेछ ।
माटोमा के–कस्ता सुधार गरी बालीको उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ ? कुन ठाउँमा कस्तो किसिमको मल आपूर्ति गर्ने, माटोको सुधारका लागि अम्लीयपन, प्राङ्गारिक पदार्थको मात्रा तथा सुक्ष्म खाद्यतत्वहरूको सन्तुलन कसरी गर्ने ? जस्ता निर्णय लिन सहज हुनेछ । केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई आइतबार यसबारे प्रस्तुत गरिएको विवरण बुझाएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया