आनद्वारा संस्थाका पूर्वसंयोजक दाहालको स्मृतिमा श्रद्धाञ्जलि सभा आयोजना
काठमाडौं ।
नेपाल विज्ञापन संघ (आन)ले संस्थाका संस्थापक सचिव तथा पूर्वसंयोजक स्वर्गीय मित्रसेन दाहालको स्मृतिमा श्रद्धाञ्जलि सभाको आयोजना गरेको छ । गत बिहीबार संघको प्रांगणमा भएको श्रद्धाञ्जलि सभामा आनका सस्थापक अध्यक्ष वंशीधर पौडेल र पूर्वअध्यक्षहरु माधवराज तिमिल्सिना, भाष्करराज राजकर्णिकार, निर्मलराज पौडेल, राजकुमार भट्टराई, सन्तोष श्रेष्ठ, रवीन्द्र कुमार रिजाल तथा संघका पदाधिकारीहरु र सदस्यहरु, सल्लाहकारहरु तथा सदस्य एजेन्सीहरुको उपस्थिति थियो ।
कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले स्वर्गीय दाहालको समग्र विज्ञापन व्यवसायमा रहेको योगदान तथा समाजसेवा र राजनीतिमा समेत अग्रणी रहेको बताएका थिए । सभाले शोक प्रस्ताव पारित गर्दै स्वर्गीय दाहालको योगदानलाई संघले आफ्नो इतिहासको रुपमा लिपिबद्ध गर्नुपर्ने निर्णय समेत गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया