१५ करोड ३६ लाख राजस्व छली गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर
काठमाडौं ।
राजस्व अनुसन्धान विभागले १५ करोड ३६ लाख ६३ हजार छ सय ७२ रूपैयाँ राजस्व छली गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । विराटनगर महानगरपालिका वडा नं. ९ स्थित बाबा फ्लोर मिल्स प्रालिको सञ्चालक तथा गोपाल फ्लोर मिल प्रालिको मुख्य कारोबारी सुरेश कुमार राठीसहित तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।
बाबा फ्लोर मिल्स प्रालि (स्था.ले.नं.३००२१७१३१)को सञ्चालक तथा गोपाल फ्लोर मिल प्रालि (स्था.ले.नं. ३०३७०५९३०)को मुख्य कारोबारी विराटनगर वस्ने सुरेश कुमार राठी, बाबा फ्लोर मिल्स प्रालिको सञ्चालक सुमन राठी तथा कम्पनीका मेनेजर गिरधारी लाल अग्रवालविरुद्ध विभागले मुद्दा दायर गरेको हो । उनीहरूले वास्तविक बिक्री–आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर छली गर्नुका साथै भीसीटीएसको समेत पालना नगरेको देखिएको विभागले जनाएको छ ।
उनीहरूले राजस्व छली गरेको सबै सबुद प्रमाण समेत रहेकोले उक्त फर्मको प्रोप्राइटर तथा सञ्चालकहरूलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन – २०७६) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) बमोजिम बिगो रकम १५ करोड, ३६ लाख ६३ हजार छ सय ७२ रूपैयाँ असुल उपर गरी जरिवाना र कैद सजायको मागदाबी लिई आइतबार उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया