अनधिकृत व्यापार हटाउन पुरातत्व विभागसँग माग
काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्व विभागलाई पत्राचार गरेको छ । वसन्तपुरको वारुणयन्त्र कार्यालयबाट उत्तरतर्फको भवन र तलेजु भवानी मन्दिर नजिकैको भवनका अनधिकृत व्यापार हटाएर सात दिनभित्र जानकारी गराउन कामपाले विभागलाई पत्र पठाएको हो ।
‘वसन्तपुरसहित काठमाडौँका विश्व सम्पदा क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व जोगाउनु विभागको पनि दायित्व हो’, पत्रमा भनिएको छ । वसन्तपुर क्षेत्रमा विभागले हेर्नुपर्ने स्थान भोगचलन गरी भवनमा पुरातात्विक महत्वविपरीत व्यापारिक प्रयोजनमा ल्याइएको जनगुनासो आएपछि कामपाले विभागलाई पत्र पठाएको जनाएको छ । पत्रमा भनिएको छ, ‘तोकिएको समयमा विभागले पसल हटाउने कार्य नगरे कामपाले नै हटाउनेछ’, कामपाका प्रवक्ता ईश्वरमान डंगोलले भने ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४, कामपाको भवन निर्माण मापदण्ड २०७५ र प्राचीन स्मारक ऐन २०१३ समेतका कानुनी व्यवस्थाबमोजिम वसन्तपुर क्षेत्रका प्राचीन संरक्षण, मर्मत र जीर्णोद्धार गर्नुका साथै उक्त क्षेत्रमा सञ्चालित अनधिकृत व्यापार–व्यवसाय हटाउनु यस कार्यालयको प्राथमिक योजनाभित्र पर्दछ । यही फागुन १४ गते कामपाको सम्पदा तथा पर्यटन विभागले पत्र पठाएको हो ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदाको पुनःनिर्माण कार्यले पनि तीव्रता पाएको छ । अहिलेसम्ममा यस क्षेत्रका २७ सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
यहाँ विश्व सम्पदा क्षेत्रमा सूचीकृत रहेका ७० सम्पदा छन् जसमध्ये १२ वटामा भूकम्पले क्षति नै भएको थिएन । अड्डाका कार्यालय प्रमुख सन्दीप खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम नसकी काम शुरु गर्नु नहुने भएकाले २० सम्पदाको काम अझै हुनसकेको छैन । हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया