बैंक तथा वित्तीय संस्था परिसंघमा १५ सदस्यीय कार्यसमिति चयन
काठमाडौं ।
बैंक तथा वित्तीय संस्था परिसंघमा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । परिसंघको परिसंघको यही फागुन २२ गते शनिबार सम्पन्न भएको प्रथम वार्षिक सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको सर्वसम्मत चयन गरेको हो ।
परिसंघका अनुसार कार्यसमितिमा पवनकुमार गोल्यान (वाणिज्य बैंक) अध्यक्ष, भोजबहादुर शाह (वाणिज्य बैंक) वरिष्ठ उपाध्यक्ष, राजेश उपाध्याय (विकास बैंक) उपाध्यक्ष, केशवबहादुर रायमाझी (वाणिज्य बैंक) महासचिव, तुलसीराम अग्रवाल (वाणिज्य बैंक) कोषाध्यक्ष, कुश प्रसादमल्ली (फाइनान्स कम्पनी) सचिव, मनोज कुमार केडीया (वाणिज्य बैंक) सह कोषाध्यक्ष, पृथ्वीबहादुर पाण्डे (वाणिज्य बैंक), सदस्य, तुलसीप्रसाद गौतम (वाणिज्य बैंक) सदस्य, इच्छा राजतामाङ (वाणिज्य बैंक) सदस्य, उपेन्द्र केशरी न्यौपाने (वाणिज्य बैंक) सदस्य, महेन्द्र कुमार गोयल (विकास बैंक) सदस्य, दशरथ रिसाल (विकास बैंक) सदस्य र हिरेन्द्रमान प्रधान (फाइनान्स कम्पनी) सदस्य रहेका छन् । उक्त निर्वाचन कार्यक्रम अधिवक्ता बालकृष्ण ढकालको संयोजनमा सम्पन्न भएको परिसंघले जनाएको छ ।
नवनिर्वाचित कार्यसमितिका अध्यक्ष गोल्यानले कार्यसमितिको आगामी दुई वर्षमा गरिने विषयहरूबारे जानकारी गराउँदै संस्थालाई राष्ट्रकै अभिन्न अंगको रूपमा स्थापना गरी समग्र आर्थिक विकासमा टेवा पु-याउने सहयोगी संस्थाको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
साथै, नेपाल सरकार र सम्बन्धित नियामक निकायहरूसँग सहकार्य गर्दै समग्र राष्ट्र निर्माणका लागि नयाँ सोचसहित अगाडि बढ्ने, देशमा हजारौँ साना तथा मझौला उद्यमीहरूको विकास गरी स्वदेशमै आवश्यक रोजगारीका अवसरहरू सृजना गर्न लागि पर्ने विषयमा जोड दिए । राष्ट्रको आर्थिक क्षेत्रसँग सम्बन्धित नीति नियम निर्माण गर्दा सिबिफीनजस्ता निजी क्षेत्रका सरोकारवाला संस्थाहरूहरूसँग सहकार्य गरी अगाडि बढ्न सक्यो भने अपेक्षित आर्थिक विकास प्राप्त गर्न सकिने धारणा व्यक्त गरे ।
महासचिव केशवबहादुर रायमाझीले सञ्चालन गरेको उक्त साधारणसभाको समापन सत्रमा संस्थाका वरिष्ठ उपाध्यक्ष श्री भोजबहादुर शाहलगायत अन्य पदाधिकारी तथा सदस्यहरूले समेत सिबिफीनलाई नयाँ उचाइमा पु-याउनका लागि कार्यसमितिले अवलम्बन गर्ने कार्यदिशा र रणनीतिका बारेमा प्रकाश पारे ।
यसअघि साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्था परिसंघले उठाएका विषयहरूमा सरकारले उचित तरिकाले सम्बोधन गर्ने आश्वासन दिए । साथै उक्त उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोर र नेपाल च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले समग्र व्यवसायहरूको उत्थानका लागि सिबिफीनको भूमिका विशेष रहेको उल्लेख गर्दै राष्ट्रको समग्र आर्थिक विकासमा हातेमालो गर्दै अगाडि बढ्न बैंक तथा वित्तीय संस्था परिसंघसँग सहकार्य गर्ने धारणा व्यक्त गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्सबीच सम्झौता
- समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
- आगामी बजेटका चुनौती
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
- सहकारीको लहरो पहरोसम्मै पुगोस्
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया