काठमाडौं ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ‘प्रेरणादायक र साहसी महिला’लाई सम्मान गर्र्न आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाएको छ । उक्त अवार्ड समारोह नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, टोनी एण्ड गाइ र गोल्छा ग्रुपको सहयोगमा सोल्टी होटल काठमाडौंमा आयोजना गरिएको थियो ।
येलो रोज डे २०२१ मा १२ जना महिलाहरूलाई सम्मानित गरिएको थियो । पुरस्कार विजेताहरूले अपवादको आफ्नो यात्राबारे बताएका थिए । जोन्टा क्लब अफ काठमाडौंले मानव र महिला तस्करीविरुद्ध लडेकी एसएसपी किरण बज्राचार्यलाई प्रिन्सेस हेलेन शाह इन्स्पिरेसनल उमन अफ द इयर, ब्लाइन्ड रक्स्की संस्थापक सृष्टि केसीलाई अमर राना गेम चेन्जर अवार्ड प्रदान गरेको छ । यस्तै कोभिडको समयमा विभिन्न माध्यमबाट सहयोग गर्ने लिल्ली थापा र आयुष्मा राणा याक्थुम्बालाई रत्नदेवी अवार्ड, सुप्रिमा पौडेल र मेलिशा घिमिरेलाई ज्योति स्कलरशिप अवार्ड प्रदान गरेको छ ।
यस्तै इन्द्रकला स्कलरशिप अवार्ड संस्कृति फुँयाल र रेजा थापालाई प्रदान गरेको छ । त्यस्तै नबिल बैंकको सहयोगमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक महिलाहरूको शीर्षकअन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पु¥याउने चार जना महिलाहरूको असाधारण कार्यको प्रशंसा गर्दै प्रतिव्यक्ति ३५ हजार रुपैयाँ प्रदान गरेको छ । सम्मानित हुने महिलाहरूमा सकुन्तला कुमारी बुधा, सुमित्रा श्रेष्ठ, सहनशीला शर्मा र राधिका थापा छिन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया