सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको बताएका छन् । त्यसका लागि सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको जानकारी दिए । चन्द्रागिरी नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माध्यमिक विद्यालयको भवनको शिलान्याश गर्दै उनले २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको बताए ।
जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसको लागि सरकारी विद्यालयको सुधार आवश्यक रहेको बताए । उक्त भवनको मन्त्री श्रेष्ठ र भारतीय दुतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्माले संयुक्तरूपमा शिलान्यास गरेका थिए । २०७२ सालको भूकम्बाट क्षतिग्रस्त उक्त विद्यालय पुनर्निर्माणमा भारत सरकारको सहयोग हुन लागेको हो ।
भारत सरकारले करिब ७० विद्यालय पुनर्निर्माण गरिरहेका छ । साथै २८ आंगिक क्याम्पस बनाउने तयारी गरेको छ । कार्यक्रममा काउन्सिलर शर्माले नेपालको विद्यालय पुनर्निर्माणमा भारतको सहयोगले नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाएको बताए । भारत सरकारको करिब साढे छ करोड ४८ लाख रूपैयाँ लागतमा निर्माण सुरु हुने सो विद्यालय भवन ३२ कोठे हुनेछ । ठेकेदार कम्पनीले १५ महिनामा सम्पन्न गर्नुपर्नेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया