Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘मोडल हन्ट नेपाल सिजन–६’ को भोटिङ पार्टनरमा ‘आईएमई–पे’

‘मोडल हन्ट नेपाल सिजन–६’ को भोटिङ पार्टनरमा ‘आईएमई–पे’


काठमाडौं ।
आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई–पे मोडल हन्ट नेपाल सिजन–६ को भोटिङ पार्टनर बन्ने भएको छ । गएको १३ फेब्रुअरीबाट सुरु भएको उक्त प्रतियोगिता मार्च २७ मा ग्राण्ड फिनाले भई समापन हुनेछ । आफूलाई इच्छा लागेको प्रतिस्पर्धीलाई आईएमई–पेमार्फत भोट गर्न सकिनेछ ।

मोडलिङ क्षेत्रमा आफ्नो भविष्य बनाउन तत्पर कुल ६८ जना युवायुवतीहरू यतिखेर मोडल बन्ने प्रक्रियाअन्तर्गतको विशेष एवं अन्तर्राष्ट्रियस्तरको ग्रुमिङ परिवेशमा आफ्नो व्यक्तित्वलाई मोडल व्यक्तित्वमा रूपान्तरण गर्न मोडल हन्ट नेपाल सिजन–६ को प्लेटफर्ममा अभ्यस्त रहेका छन् । जसअन्तर्गत उनीहरूले ¥याम्प मोडलिङका विविध आयाम र व्याकरणदेखि स्टेज प्रस्तुतीकरणका तरिकालगायत समग्रमा व्यावसायिक मोडलमा हुनुपर्ने गुण र सीपहरूको विकास गरिरहेका छन् ।

‘आईएमई पे’को बारेमा ‘आईएमई–पे’ आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आईएमई– पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्याैट विनियमावली– २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आईएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्राण्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मदतबाट सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु-याउने लक्ष्य लिएको छ ।

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आईएमई–पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो । १५ लाखभन्दा बढी ग्राहकहरूले सिधै आईएमई–पे डाउनलोड गरी आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार सञ्जालमार्फत लाखौँ सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सेवा दिन कम्पनी सक्षम रहेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया