नेपालमै पहिलोपटक १० हजार लिटरको एसएस ट्यांकी
काठमाडौं ।
पञ्चकन्या समूहले भैरहवा विशेष आर्थिक क्षेत्रमा अवस्थित स्टेनलेस स्टिल ट्यांकी उद्योग सञ्चालनमा ल्याएको छ । एक विशेष कार्यक्रम गरी पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठले बिहीबार उद्योगको उद्घाटन गरेका हुन् । उद्योगले बिहीबारदेखि नै आफ्नो उत्पादन कार्य नियमित रुपमा सुरु गर्ने बताइएको छ ।
भारतमा निकासी गर्ने उद्देश्यका साथ पञ्चकन्या समूहले एसएस ट्यांकीको दोस्रो उद्योग भैरहवा विशेष आर्थिक क्षेत्रभित्र सुरु गरेको हो ।नेपालमै पहिलो पटक १० हजार लिटरको एसएस ट्यांकी यस उद्योगबाट उत्पादन हुनेछ । यस उद्योगले २५० देखि १० हजार लिटर सम्मको भर्टिकल तथा होरिजन्टल एसएस ट्यांकी उत्पादन गर्नेछ । उद्योगले वार्षिक ८० हजार वटा ३०४ तथा ३१६ ग्रेडका एसएस ट्यांकी उत्पादन गर्नेछ ।
हाल काठमाडौंस्थित पहिलो उद्योगले भारतको लखनऊ तथा कलकत्ता क्षेत्रमा निकासी गरिरहेकोमा दोस्रो उद्योगले उत्तर भारतमा आफ्नो उत्पादन बिक्री गर्ने उद्देश्य राखेको समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए । कार्यक्रममा रुपन्देही क्षेत्रका उद्योगी व्यवसायी, भैरहवा विशेष आर्थिक क्षेत्रका प्रमुख, पञ्चकन्या समूहका कर्मचारी तथा अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पञ्चकन्या समूहले नेपालमा पहिलोपटक २०६९ सालदेखि एसएस ट्यांकी उद्योग सञ्चालनमा ल्याएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया