जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा पनि समस्या
वासिङ्टन ।
अमेरिकी स्वास्थ्य नियामक निकायले जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन तत्काल रोक लगाउने निर्णय गरेको छ । एक डोज मात्र लगाए हुने यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिन सक्ने अमेरिकी अधिकारीहरुको भनाइ छ ।अमेरिकी अधिकारीहरुको भनाइ सार्वजनिक भएलगत्तै जोन्सन कम्पनीले युरोपेली मुलुकमा वितरण गर्न तयार पारिएको खोप पनि हाललाई रोकिएको जनाएको छ । अमेरिकामा झण्डै ७० लाखले यो खोप लिइसकेका छन् । तीमध्ये १८ देखि ४८ वर्ष उमेर समूहका छ जना महिलाको मस्तिष्कमा रगत जम्ने समस्या देखिएको अधिकारीहरुको भनाइ छ ।
अमेरिकी अधिकारीहरुका अनुसार रगत जम्ने समस्या देखिएकामध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एकको अवस्था निकै जटिल छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनका वैज्ञानिक पिटर मार्क्सले युरोपमा अस्ट्राजेनिकाको खोप लगाएका व्यक्तिकै जस्तो रगत जम्ने समस्या जोन्सन एन्ड जोन्सनको खोपमा देखिएको बताए । खोप लगाएका व्यक्तिको शरीरमा विकास भएको रोगप्रतिरोधी प्रणालीसँगै जोडिएको गडबडी भएको पनि उनको भनाइ छ ।
जोन्सन एन्ड जोन्सनले युरोपमा खोप अभियान स्थगन गर्ने र थप अनुसन्धान गरिने बताएको छ । विगत तीन साताको अवधिमा खोप लगाएका व्यक्तिमा कुनै स्वास्थ्य समस्या देखिए नदेखिएका बारेमा आफ्ना चिकित्सकसँग परामर्श गर्न अमेरिकी अधिकारीहरुले आग्रह गरेका छन् । खासगरी बेस्सरी टाउको दुःख्ने, पेट दुःख्ने, खुट्टा दुःख्ने वा श्वास फेर्न कठिन हुने समस्या देखिए चिकित्सकसँग परामर्श गर्न भनिएको छ ।
ह्वाइट हाउसले जोन्सन एन्ड जोन्सनका कारण अमेरिकी खोप अभियानमा असर नपर्ने विश्वास व्यक्त गरेको छ । यहाँ झण्डै आधा वयस्क व्यक्तिले कम्तीमा एक डोज खोप लिइसकेका छन् । यसैबीच, जर्मनीमा ६० वर्षभन्दा कम उमेरका व्यक्तिले पहिलो डोज अस्ट्राजेनिकाको खोप लगाए पनि दोस्रो डोज अर्कै खोप दिने तयारी गरिएको छ । जर्मनीले ६० वर्षभन्दा कम उमेरका व्यक्तिलाई रगत जम्ने खतरा भन्दै दुई डोज खोप नदिने यसअघि नै घोषणा गरिसकेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया