घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ
काठमाडौं ।
काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ६ पैयुँटारस्थित घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाई मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. ४ घर भई हाल तारकेश्वर नगरपालिका वडा नं. ९ बस्ने नमराज अधिकारी र रामचन्द्र अधिकारी तथा नुवाकोट तादी गाउँपालिका वडा नं. ३ घर भई हाल तारकेश्वर नगरपालिका वडा नं. ९ बस्ने रामचन्द्र थापा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
तारकेश्वर नगरपालिका १० नं. वडा कार्यालय शुभकामना चोकस्थित सडक खण्डमा बास्तविक नम्बरप्लेटका साथै स्वरूप समेत परिवर्तन गरी बा ८८ प ६७१६ नम्बर प्लेट प्रयोग गरेर चलाई हिँडेको अवस्थामा उनीहरूलाई ट्राफिक प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।
उक्त मोटरसाइकलको वास्तविक नम्बर बा ९५ प ३३३५ नम्बरको २२० सीसीको कालो रातो रङ्गको पल्सर मोटरसाइकल रहेको प्रहरीले जनाएको छ । पक्राउ भएको मोटरसाइकल गत चैत २७ गते तारकेश्वर नपा–६, पैयुँटारबाट हराएको भनी नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. चार घर भएका राजु तामाङले महाशाखामा उजुरी दिएका थिए ।
पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाएको महाशाखाले जनाएको छ । यस आर्थिक वर्षमा मात्रै हराएका तीन सय ५७ वटा मोटरसाइकल खोजतलास गरी सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ५० जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी वृत्तहरूमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया