Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअक्सिजनलगायत अत्यावश्यकीय सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह

अक्सिजनलगायत अत्यावश्यकीय सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह


दोलखा ।
निजी क्षेत्रका तीन ठूला संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले अक्सिजनलगायत अत्यावश्यकीय सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । यस्तै उनीहरूले कोभिड १९ को उपचारमा महत्वपूर्ण तर हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकिरहेको अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगहरूलाई आफूसँग मौज्दात रहेको सिलिन्डर यथाशीघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।

तीन ठूला संस्थाहरूले बिहीबार एक संयुक्त विज्ञप्ति जारी गरी सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरूलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन अपिल गरे । साथै उनीहरूले महामारीको यस परिस्थितिमा आम उपभोक्ताहरूलाई पनि आफ्नोजस्तै अरुको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढी सिलिन्डिर सञ्चिति नगरिदिन आग्रह गरेका छन् ।

यसैगरी अन्य व्यवसायीहरूसँग सिलिन्डर छन् भने त्यसलाई पनि स्वास्थ्य उपचारका लागि प्रयोग गर्नेगरी सम्बन्धित निकायमा उपलब्ध गराइदिन निजी क्षेत्रले आग्रह गरेको छ । ‘मुलुक कहिलै भोग्नुनपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासँगै सामाजिक एवं आर्थिक समस्यासँग जुधिरहेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ को दोस्रो लहरसँगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बढिरहेको छ । अस्पतालहरू भरिँदै गएका छन् भने विशेषगरी संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको छ ।’

यसैगरी अत्यावश्यकीय खाद्य सामग्रीको सञ्चिति र त्यसमा मूल्यवृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासो आएको भन्दै निजी क्षेत्रले महामारीको विषम परिस्थितिमा कुनै पनि प्रकारको सञ्चिति र मूल्यवृद्धि नगर्न व्यवसायीहरूलाई अपिल गरेको छ । अहिलेको अवस्थामा ठूला उद्योगी एवं वितरकहरूले पनि समग्र वितरण प्रणालीमा अनावश्यक मूल्यवृद्धि हुननदिन आवश्यक अनुगमन गर्न निजी क्षेत्रले आह्वान गरेको छ ।

साथै आम उपभोक्तालाई पनि सामानको मौज्दात रहेको जानकारी गराउँदै अनावश्यक सञ्चिति नगरिदिन अपिल गरिएको छ । यसैगरी केही निजी अस्पतालहरूले विषम परिस्थितिमा चर्को शुल्क लिई उपचार गरिरहेको भन्ने समाचारतर्फ पनि निजी क्षेत्रले ध्यानाकर्षण भएको जनाएको छ ।

बिरामीहरूको जीवनरक्षा मुख्य उद्देश्य राखेर खुलेका अस्पतालहरू मुलुक सङ्कटमा रहेको र स्वास्थ्य सेवा जटिल बन्दै गएको यस समयमा अनावश्यक नाफा आर्जन गर्नेतर्पm नलाग्न निजी क्षेत्रले सबैलाई आग्रह गरेको छ ।

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू जिम्मेवार व्यवसायमा विश्वास गर्ने भन्दै उनीहरूले बजारमा हुने कुनै पनि प्रकारको अनैतिक गतिविधिको निन्दा भत्र्सना र विरोध गर्ने जनाएका छन् । चरम सङ्कटका बेला जिम्मेवार व्यवसाय प्रवद्र्धन गर्न एवं गैरप्रतिष्पर्धात्मक र अनैतिक व्यवसायमा संलग्नमाथि कारबाही गर्न पनि तीनवटै संस्थाले सरकारको साथमा रहेको जानकारी गराएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया