कर तिर्ने समय थप गर्न विज्ञापन संघको आग्रह
काठमाडौं ।
नेपाल विज्ञापन संघ (आन)ले सरकारलाई बुझाउने राजस्व विवरण र कर रकम भुक्तानीको समय थप गर्न माग गरेको छ । संघका अध्यक्ष सोमप्रसाद धितालले विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहरसँगै निषेधाज्ञा भएका कारण तोकिएको समय कर राजस्वको विवरण र कर रकम भुक्तानीमा समस्या परेको भन्दै समय थप गर्नमा माग गरेका हुन् ।
संघले सरकारको सम्बन्धित निकायमा पत्राचार गरी मूल्यअभिवृद्धि कर, आय करको अग्रिम करकट्टीलगायत करहरुको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीको समय थपका लागि अनुरोध गरिएको जनाएको छ ।
अहिले दैनिक उपभोग्यबाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरु समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण बुझाउन र कर रकम भुक्तानी गर्न नसकिने संघको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया