काठमाडौं, माघ १
नेपाल निर्माण व्यवसायी महासंघको २१औं साधारणसभा यही माघ ३ र ४ गते भक्तपुरको सल्लाघारी मैदानमा हुने भएको छ । देशभरका १५ सयभन्दा बढी व्यवसायीको सहभागिता रहने साधारणसभाको तयारी लगभग पूरा भएको महासंघले मंगलबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
महासंघका अनुसार साधारणसभाको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट हुनेछ । सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधन र पूरा हुन बाँकी रहेका अन्य विषयमा साधारणसभामा छलफलभई महासंघको भक्तपुर घोषणापत्र जारी गरिने महासंघका महासचिव रोशन दाहालले बताए । दाहालका अनुसार साधारणसभा सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन
गरिएको छ । सभाको उद्घाटन सत्रमा उपप्रधानमन्त्री पोखरेलबाट निर्माण क्षेत्रमा केन्द्रित रही विज्ञहरूको लेख रचना समेटिएको महासंघको मुखपत्र नेपाली निर्माण विशेषाङ्कको विमोचन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । साधारणसभाको सहआयोजकको रूपमा भक्तपुर जिल्ला निर्माण व्यवसायी संघ रहेको छ । साधारणसभासँगसँगै महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा माघ ३ देखि ५ सम्म साधारणसभास्थल भक्तपुरको सल्लाघारी मैदानमा नेपाल बिल्डटेक एक्स्पो २०२० पनि आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया