भारतमा कोरोनाबाट मर्नेको संख्या तीन लाख नाघ्यो
नयाँ दिल्ली ।
भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । भारतमा कोरोनाभाइरस महामारीको विगत २४ घण्टामा थप चार हजार चार सय ५४ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर सुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ । कोभिड–१९ को दोस्रो लहर निकै घातक रहेको र बिरामीलाई तत्कालै अक्सिजन दिनुपर्ने देखिएको छ । विज्ञहरुको भनाइमा भारत सरकारले सार्वजनिक गरेको विवरणभन्दा बढी संख्यामा कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।
यद्यपि यसको प्रष्ट विवरण प्राप्त भइसकेको छैन । भारतमा पछिल्ला केही दिनदेखि कोभिड–१९ बाट संक्रमितको संख्या भने घटेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा दुई लाख २२ हजार तीन सय १५ जना नयाँ संक्रमित देखिएका छन् भने कोरोना सुरु भएयता हालसम्म दुई करोड ३७ लाख २८ हजार ११ जना संक्रमणमुक्त पनि भएका छन् । भारतमा अझै पनि २७ लाख २० हजार सात सय १६ जनामा सक्रिय संक्रमण छ ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको थियो । सो समयबाट हालसम्म करिब १९ करोड १८ लाख ५९ हजार एक सय ६४ डोज खोप लगाइएको छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया