अमेरिका ।
सामाजिक सञ्जाल इन्स्टाग्रामले अब प्रयोगकर्तालाई लाइक लुकाउन मिल्ने विकल्पसहितको फिचर दिने भएको छ । कम्पनीले मानिसहरुलाई दबाब नहोस् भनेर यस्तो विकल्प दिनलागेको हो ।
यो फिचर ‘इनेबल’ गरेका प्रयोगकर्ताले लाइक गर्ने फलोअरको युजरनेम देख्न पाउनेछन् । त्यसमा लाइक गर्ने संख्या देखिनेछैन । यो टुल सन् २०१९ मै धेरै देशमा परीक्षण गरिएको थियो । तर अब भने यो विश्वभर लागू हुने कम्पनीले जनाएको छ ।
इन्स्टाग्रामका मालिक आदम मोसेरीले यो फिचर आउन समय लागे पनि आफू निकै उत्साहित भएको बताएका छन् । यो फिचरको परीक्षण र अनुसन्धानको क्रममा इन्स्टाग्रामले लाइक हटाउँदा व्यवहारमा सानो प्रभाव पर्ने बताएको थियो । किन कि कतिपय प्रयोगकर्ताले थोरै लाइक पाउँदा मानसिक चिन्ता गरेको भन्दै केही असन्तुष्टि आएको थियो ।
भर्खरै भएको अक्सफोर्डको इन्टरनेट इन्स्टिच्युट स्टडीले सामाजिक सञ्जाल र किशोरावस्थाका युवायुवतीको मानसिक स्वास्थ्यबीच थोरै सम्बन्ध देखिएको पाएको थियो । यसका बाबजुद इन्स्टाग्रामले मानिसहरुलाई असल अनुभव होस् भनेर यो फिचर ल्याएको मोसेरीले बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया