‘अक्सिजन किन्न मेरो एक हजार अभियान’बाट २५ सिलिन्डर अक्सिजन खरिद
दोलखा ।
‘अक्सिजन किन्न मेरो एक हजार अभियान’ सञ्चालन गरेर दोलखाका युवाहरूले २५ वटा अक्सिजन सिलिन्डर खरिद गरेका छन् । उनीहरूले खरिद गरेको सिलिन्डर बुधबार चरीकोट ल्याइएको छ । सो अभियानमा जम्मा भएको रकमले २५ वटा अक्सिजन खरिद गरेर चरीकोट ल्याइएको अभियान्ता गोकर्ण प्रसाद भण्डारीले जानकारी दिए ।
कोरोना भाइरस संक्रमणबाट तल्लो तहका नागरिकले अक्सिजन अभावमा ज्यान घुमाउनु नपरोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरेको उनले बताए । अभियानमा स्वदेश तथा विदेशमा रहेका करिब दुई सय युवाहरूले सहभागी भई रकम उपलब्ध गराएका थिए ।
समाजिक सञ्जालमार्फत दुई साता अभियान चलाएको र करिब पाँच लाख रकम जम्मा भएको उनले बताए । अक्सिजन ल्याउन लागेको ढुवानी खर्च तथा भर्ने ज्याला महँगो भएकाले थप केही रकम आवश्यक पर्ने भएको उनले बताए । त्यसैगरी १२ वटा अक्सिजनको रेगुलेटर पनि चरीकोट आइपुगेको छ । युवाहरूले चरीकोट, जिरीलगायतका अस्पतालमा सम्मानढंगले आवश्यक हेरेर अक्सिजन वितरण गर्ने बताएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया