अक्सिजन र हाइड्रोजन उत्पादन गर्ने जेनेरेटर हस्तान्तरण
दोलखा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले चिनियाँ कम्युनिस्ट पार्टीको सहयोगमा तीस लाख मूल्यबराबरको अक्सिजन/हाइड्रोजन उत्पादन गर्ने जेनेरेटर जिल्ला कोभिड संकट व्यवस्थापन समिति दोलखालाई हस्तान्तरण गरेको छ ।
अक्सिजन र हाइड्रोजन उत्पादन गर्ने उद्देश्यले जेनेरेटर जिल्ला ल्याउन आफ्नो पार्टीले पहल गरेको राप्रपा दोलखाका संयोजक राजनबहादुर शिवाकोटीले जानकारी दिए । सो जेनेरेटर शुक्रबार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई हस्तान्तरण गरिएको अध्यक्ष शिवाकोटीले जानकारी दिए । हाइड्रोजन/अक्सिजन जेनेरेटर शुक्रबार नै प्रस्तावित चरीकोट अस्पतालका अध्यक्ष एवं भीमेश्वर नगरपालिकाका मेयर भरत केसीलाई प्रमुख जिल्ला अधिकारी घिमिरेले हस्तान्तरण गरेका थिए ।
उक्त जेनेरेटरबाट प्रतिमिनेटको समयावधिमा करिब तीन लिटर अक्सिजन तथा तीन लिटर हाइड्रोजन उत्पादन गर्नसक्ने क्षमता रहेको छ । चीनमा कोभिड संक्रमितको उपचारमा व्यापकरूपमा यसको प्रयोग हुनेगरेको थियो । विद्युत् गएको समयमा पनि यसमा रहेको ब्याकअपको मदतले अक्सिजन उत्पादन भइरहने बताइएको छ । त्यसैगरी जिल्लामा पछिल्लो समय युवाहरूले चलाएको अक्सिजन किन्न मेरो एक हजार अभियानबाट संकलन भएको करिब पाँच लाख रकमले २५ वटा अक्सिजन सिलिन्डर र १२ वटा रेगुलेटर शुक्रबार नै हस्तान्तरण गरिएको छ ।
विष्णुलक्ष्मी साहित्य चरीकोटको युवाहरूले जम्मा गरेको सो रकमबाट खरिद गरिएको अक्सिजन सिलिन्डर भीमेश्वर नगरपालिकाको प्रस्तावित चरीकोट अस्पताललाई १० वटा र रेगुलेटर पाँचवटा हस्तान्तरण गरिएको हो । त्यसैगरी जिल्लाको बैतेश्वर अस्पताललाई पाँचवटा अक्सिजन र दुईवटा रेगुलेटर, जिरी अस्पताललाई पाँचवटा अक्सिजन र दुईवटा रेगुलटर र सिंगटी अस्पताललाई पाँचवटा अक्सिजन र दुईवटा रेगुलेटर हस्तान्तरण गरिएको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया