बहुप्रतीक्षित होण्डा सीबी ३५० डीएलएक्स नेपालमा
काठमाडौं ।
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले बहुप्रतीक्षित होण्डाको सीबी ३५० डीएलएक्स नेपालमा सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ्ग कम्पनीका अध्यक्ष सौरभ ज्योतिद्वारा युट्युबमा प्रिमियर गरिएको एक भिडियोमार्फत यस बाइकलाई सोमबार नेपाली बजारमा सार्वजनिक गरिएको हो ।
नेपालमा होण्डाको सीबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस सीबी ३५० डीएलएक्सले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त छ । ३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी तीन विभिन्न रङ्गहरुमा उपलब्ध छ ।
रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकरसहित एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच डिजिटल मिटर, लामो र आरमदायी सिटजस्ता यस बाइकको धेरैमध्येका केही विशेषताहरु हुन् । नेपाली बजारमा यस सीबी ३५० डीएलएक्सको मूल्य सात लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया