प्रविधिसम्बन्धी विधेयकमा चीनविरुद्ध एकजुट अमेरिकी सांसद
वासिङटन ।
अमेरिकी माथिल्लो सदन सिनेटले प्रविधि अनुसन्धान र उत्पादनसम्बन्धी विधेयक स्वीकृत गरेको छ । प्रस्तावित कानुनमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा विशेषगरी चीनले प्रविधि क्षेत्रमा प्रगति गरिरहेका बेला अमेरिकी सांसद आफ्नो प्रविधि क्षेत्रको विकास र विस्तारका लागि एकजुट भएका हुन् ।
बेइजिङका एक अधिकारीले भने चीनले गरेको प्रगतिलाई खतरा मानेकामा आपत्ति जनाएको बीबीसीले जनाएको छ । अब यो विधेयक तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पनि पारित हुनुपर्नेछ । त्यसपछि राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि त्यो कानुन बन्नेछ । यस्तो हुनुअघि डेमोक्र्याट र रिपब्लिकन सांसदबीच सहमति जुटेको हो । सिनेटको माथिल्लो चेम्बरमा भएको मतदानमा सयमध्ये ६८ सांसदले यसको समर्थन गरेका हुन् । ३२ जनाले भने विपक्षमा मतदान गरे ।
विज्ञहरुले भने दुई दलबीचको भिन्नता अहिले पनि स्पष्ट देखिएको बताएका छन् । तर बेइजिङको आर्थिक र सैन्य महत्वकांक्षामा यसरी सहमति जुट्नुलाई निकै सकारात्मक मानिएको छ । योसँगै अमेरिकाले दुई खर्ब ५० अर्ब अमेरिकी डलर प्रविधि अनुसन्धान, सेमिकन्डक्टर विकास र उत्पादनमा खर्च गर्ने लक्ष्य छ । यसले कानुनी स्वरुप प्राप्त गरे रोबोट उत्पादक र चिप उत्पादकले विश्वव्यापी रुपमा चिपको अभाव खट्किरहेका बेला सरकारबाट सहयोग पाउनेछन् ।
उक्त विधेयकमा सामाजिक सञ्जाल टिकटक चीनको सरकारी डिभाइसमा डाउनलोड हुनबाट रोक्नेसम्मका प्रावधानहरु समावेश छन् । त्यस्तै चिनियाँ राज्यसँग जोडिएका ड्रोन उत्पादकहरुलाई समेत प्रतिबन्धित गर्नेछ । यसबाहेक चिनियाँ संघ÷संस्थाले अमेरिकी कम्पनी ह्याकिङमा संलग्न भएको प्रमाणित भएमा ती संस्थाहरु समेत प्रतिबन्धित हुनसक्नेछन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया