मन्त्रिपरिषद्लाई पूर्णता गृहमा अधिकारी, सञ्चारमा थापा
काठमाडौं ।
केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्णता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएकी हुन् । नेकपा (एमाले) र जनता समाजवादी पार्टीका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई बिहीबारबाट २५ सदस्यीय मन्त्रिपरिषद् बनाएको छ । नेपालको संविधान पनि मन्त्रिपरिषद् २५ सदस्यीय हुने उल्लेख छ ।
यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो । नवनियुक्त मन्त्रीहरूको बिहीबार नै शपथ भएर उनीहरुले पदभार ग्रहण गरेका छन् ।
बिहीबार नियुक्त भएका मन्त्रीहरुमा गृहमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपक्षी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाँ मन्त्री भएका छन् । विस्तारित मन्त्रिपरिषद्मा रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले राखेका छन् ।
पछिल्लो पटक गत वैशाख ३० गते ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री भएका ओलीले वैशाख ३१ गते पहिलो र यही जेठ २१ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया