निषेधाज्ञा खुकुलो बनाउँदै लैजान माग
काठमाडौं ।
नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले कोभिड १९ को दोस्रो लहरको संक्रमण रोकथामको लागि हाल जारी गरिएको निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजान सरकारसँग माग गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गरी थपिँदो निषेधाज्ञाको अवधिका कारण अब जनता स्वयम्् नै सडकमा आउने सम्भावना प्रबल हुँदै गएको बताएका छन् ।
लामो समयको निषेधाज्ञाका कारण जनता दुःख, पीडा र अभावमा रहेकाले जनता आफँै सडकमा आउन बाध्य हुने र उक्त सम्भावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको वर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिँदै जाँदा समस्या अरु भयावह हुने नाडाले जनाएको छ ।
यस्तो विकट स्थिति आउनुअघि नै सरकारले हाल घट्दो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्टिगत गर्दै लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजानुपर्ने नाडाको माग छ । जनतालाई छिटोभन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरुको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउन पनि नाडाले सरकारसँग आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया