किसानका समस्याप्रति गम्भीर बन्न आग्रह
काठमाडौं ।
राष्ट्रिय खाद्य बैंकले सरकारलाई किसानका समस्याप्रति गम्भीर बन्न आग्रह गरेको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागी गरिएको निषेधाज्ञाका कारण कृषिजन्य वस्तु उत्पादन गर्ने किसानहरू मर्कामा परेको खाद्य बैंकले जनाएको छ ।
खाद्य बैंकका कार्यकारी निर्देशक शंकरनाथ उप्रेतीले सोमबार एक विज्ञप्ति जारी गरी कृषि उत्पादनमा सरिक किसानहरूको संरक्षणविना खाद्य संरक्षण हुननसक्ने बताएका छन् । साथै उनले किसानहरूलाई कोरोना भ्याक्सीन लगाउन समेत माग गरेको छन् ।
‘कृषी उत्पादनमा सरिक किसानहरूको सरक्षणविना खाद्य संरक्षण नहुने हुँदा आफ्नो श्रम र पसिनाले समाजलाई पाल्ने किसानहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाउनु आवश्यक छ । अत्याधिक वर्षा हुँदा पनि मार खेप्नुपर्ने खडेरीले सुक्खा हुँदा पनि मार खेप्नुपर्ने किसानहरूलाई बीउ तथा मलको सहज आपूर्ति नहुँदा, बजार ढुवानी सेवा नपाउँदा चपेटामा पर्दै आएका छन्, यी समस्यालाई गम्भीरतापूर्वक लिई ठोस कदम चाल्न सम्पूर्ण सरोकारवाला निकायहरूलाई अपिल गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
खाद्यान्न अति आवश्यक वस्तु भएकाले राष्ट्रव्यापी निषेधाज्ञाको समयमा यसको बिक्रीवितरणमा सबैले ध्यान दिएजस्तै वर्षायाम सुरु भएसँगै यसको उत्पादनको क्षेत्रलाई ध्यान नदिएको खाद्य बैंकले जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया