२० जना कोभिड बिरामीको जटिल शल्यक्रिया सफल
काठमाडौं ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० जना कोभिड संक्रमित बिरामीहरूको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । दोस्रो लहर सुरु भएयता प्रतिष्ठानमा निरन्तर कोभिड बिरामीका लागि जटिल किसिमका शल्यक्रियाहरू गरिरहेको अस्पतालले जनाएको छ ।
अधिकांश जटिल शल्यक्रियाहरू उपत्यकाभन्दा बाहिर प्रतिष्ठानमा मात्र सम्पन्न भएका छन् । दोस्रो लहर सुरु भएयता गत वैशाख २७ गतेबाट कोभिड अस्पतालमा शल्यक्रिया सुरु गरिएको हो । जेष्ठ अन्तिमसम्ममा २० वटा जटिल प्रकारका शल्यक्रिया भएको अस्पतालले जनाएको छ । जसमध्ये प्रतिष्ठानका न्यूरो सर्जन डा. आलोक दाहाललगायतको टिमले तीनवटा न्यूरोसम्बन्धी जटिल शल्यक्रिया गरेको छ । अचेत अवस्थामा आएका, आँखा खोल्न नसकेका, टाउकोमा रगत जमेका र हातखुट्टा नचलेका बिरामीहरूको सफल शल्यक्रिया गरिएको हो ।
त्यसैगरी जनरल सर्जरीबाट प्रा.डा. राकेश गुप्ता, डा. सुरेश प्रसाद साह, डा. निर्मल साह, डा. रूपेश प्रसाद साह, डा. भवानी खनाल, डा. विजय श्रेष्ठलगायत अन्य चिकित्सकहरूले सातवटा जटिल किसिमका शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका छन् । शल्यक्रियाको क्रममा चारवटा सानो आन्द्राको शल्यक्रिया, दुईवटा एपेन्डिक्सको शल्यक्रिया र एउटा ठूलोआन्द्राको शल्यक्रिया सम्पन्न गरिएको थियो । त्यसैगरी १२ इन्च लामो रडले करङको हाडलाई छेडी फोक्सो र मुटुमा चोट पु-याएको बिरामीको जटिल शल्यक्रिया पनि सम्पन्न गरिएको थियो । कार्डियो भास्कुलर सर्जन डा. लोकेश शेखर जैसवाल तथा जेनेरल सर्जन डा. सुरेश प्रसाद साहको टोलीले उक्त जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको थियो ।
त्यसैगरी प्रतिष्ठानको नाक, कान, घाँटी विभागका डा. शंकर प्रसाद साह र डा. ऋषिराज साहको टोलीले एक संक्रमित बिरामीको घाँटीमा अड्किएको हड्डी सफलतापूर्वक निकालेको थियो । यसैक्रममा गाइनो विभागका चिकित्सकहरूले संक्रमित बिरामीहरूको आठवटा सिजिरिङ र नौवटा नर्मल डेलिभरी गराएका थिए । जस्मध्ये पाँचवटा सिजरिङ डा. दिप्ती दासले, दुईवटा डा. मदन खड्का र एउटा डा. मनोज साहले गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया