ज्येष्ठ नागरिक समाज माकलबारीको सम्मान कार्यक्रम
काठमाडौं ।
ज्येष्ठ नागरिक समाज माकलबारीले शनिबार ज्येष्ठ नागरिक तथा बुहारी सम्मान कार्यक्रम आयोजना गरेको छ । ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र एकल ससुरा तथा सासुलाई माया ममताका साथ पालनपोषण गर्ने बुहारीहरुलाई समाजले सम्मान गरेको छ । समाजका अध्यक्ष टेकनाथ अधिकारीका अनुसार ज्येष्ठ नागरिक तथा पारिवारिक कर्तव्य निर्वाहमा अब्बल बुहारीहरुमा उत्साह जगाउन सम्मान कार्यक्रम गरिएको हो ।
समाजको तर्फबाट गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले ज्येष्ठ नागरिक तथा बुहारीहरुलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा ३० ज्येष्ठ नागरिक आठ जना बुहारी र ज्येष्ठ नागरिकलाई सहयोग गर्ने तीन व्यक्तित्वलाई सम्मान गरिएको थियो । सो अवसरमा मेयर चालिसेले नगरपालिकाका तर्फबाट ज्येष्ठ नागरिक समाजलाई वाद्ययन्त्र पनि हस्तान्तरण गरेका थिए । समाजले संस्कृति संरक्षणको उद्देश्यले आयोजना गर्ने भजन–कीर्तन कार्यक्रमलाई सघाउ पुगोस् भनेर नगरपालिकाले वाद्ययन्त्र उपलब्ध गराएको हो ।
नगरपालिकाले उपलब्ध गराएको वाद्ययन्त्रमा हार्मोनियम, तबला, मादल, खैंजडीलगायत छन् । मेयर चालिसेले समाजका अध्यक्ष अधिकारीलाई ती वाद्ययन्त्र हस्तान्तरण गरेका थिए । मेयर चालिसेले ज्येष्ठ नागरिक समाजका लागि कोठा पनि उपलब्ध गराउने वचन दिएका छन् । ‘नगरपालिकाले ज्येष्ठ नागरिक समाजका लागि उपयुक्त ठाउँमा कोठा उपलब्ध गराउनेछ,’ कार्यक्रममा मेयर चालिसेले भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया