काठमाडौं ।
पठाओ फुडले ‘डेलिभरिङ ह्याप्पिनेस एट योर डोरस्टेप’ नाराका साथ विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले करिब ४० वटा रेस्टुरेन्टको फुड मेनुमा ३० प्रतिशतसम्म छुट र डेलिभरीमा भारी छुटलगायतका अफर सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार फुड अर्डर गरेको बढीमा ४५ मिनेटभित्र डेलिभरी हुनेछ । छोटो समयमा तात्तातै फुड डेलिभरी गर्नु पठाओ फुडको विशेषता भएको कम्पनीले जनाएको छ । लामो समयको निषेधाज्ञाले गर्दा होटल तथा रेस्टुरेन्टको परिकारका स्वादबाट वञ्चित खानाका पारखीहरुले अब अफरको सदुपयोग गरी आफ्नो रोजाइको रेस्टुरेन्टबाट आफ्नो रुचिको परिकार घर तथा अफिसमै भारी छुटका साथ डेलिभरी मगाउन सक्न्नेछन् । पठाओको ‘फुड डेलिभरी’ सेवाग्राहीमैत्री भएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।
‘फुडम्यानको लाइभ ट्र्याकिङ गर्न सकिने र एकै पटक तीन फरक रेस्टुरेन्टबाट अर्डर गर्न सकिने भएकाले सेवाग्राहीलाई सहज हुन्छ। साथै हामी स्वास्थ्य सुरक्षाका सावधानीमा पनि सजग छौँ’, उनले भने । नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको थियो ।
सन् २०२० सेप्टेम्बरबाट पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा समेत सुरु गरेको छ । हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको जनाएको छ । सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी जेठ ३० गतेदेखि सुरु गरिएको पठाओ बजार परीक्षणका क्रममा रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया