कोभिडले अटोमोबाइल व्यवसायमा देखाएको असरबारे नाडा र विभागबीच छलफल
काठमाडौं ।
कोभिड १९ को कारण अटोमोबाइल व्यवसायमा देखा परेका समस्या र त्यसको समाधानको बारेमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबीच छलफल भएको छ । विभागसँग कोभिडको कारण ठूलो समस्यामा परिरहेका व्यवसायीहरुको सहजीकरण गर्ने सम्बन्धमा बुधबार छलफल भएको नाडाले जनाएको छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक प्रकाश पौडेलसँग भेटी अटोमोबाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल गरेकोे नाडाले जनाएको छ । उक्त छलफलमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दै आएको बताए । उनले सवारीसाधनहरुको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारेमा विभागको ध्यानाकर्षण समेत गराएका थिए ।
छलफलमा नाडाका उपाध्यक्ष तथा सवारीसाधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याबारे अवगत गराएका थिए भने नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहरुको आयातको सम्बन्धमा देखा परेका विभिन्न समस्याबारे विभागलाई जानकारी गराएका थिए ।
रिजालले एक्जिम कोडको नवीकरण पाँच वर्षका लागि नवीकरण हुने व्यवस्था रहेकोमा व्यापारिक फर्म कम्पनीहरुलाई पनि सो सुविधा दिनुपर्ने तथा नयाँ एक्जिम कोड लिँदा बैंक ग्यारेन्टी राख्नुपर्ने भए पनि पुराना फर्महरुले बैंक ग्यारेन्टी राख्नु नपर्ने व्यवस्थाका लागि समेत आग्रह गरे । उक्त छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले भारतबाट उच्च गुणस्तरका लुब्रिकेन्ट्स मात्र आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरे ।
छलफलमा विभागका महानिर्देशक प्रकाश पौडेलले अटोमोबाइल क्षेत्रमा ज्वलन्त रुपमा के–के समस्याहरु छन्, त्यसलाई बुँदागत रुपमा विभागमा पठाउन समेत अनुरोध गरेको नाडाले जनाएको छ । सो छलफलमा विभागका तर्फबाट विभागका प्रवक्ता शिवराज सेढाईं तथा नाडाका तर्फबाट अध्यक्ष कृष्णप्रसाद दुलाल, उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती र सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया