प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत परियोजना तर्जुमा तथा व्यवस्थापन तालिम
काठमाडौं । श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) ७ सय ५३ रोजगार सेवा केन्द्रका एक हजार पाँच सय छ स्थानीय कर्मचारीहरूको लागि परियोजना तर्जुमा तथा व्यवस्थापन क्षमता अभिवृद्धि प्रशिक्षण आयोजना गरिने भएको छ । पीएमईपीद्वारा आयोजित सो कार्यक्रम आईएलओ को सहकार्यमा ग्लोकल आफ्टर स्कुल, ग्लोकल प्रालिको एकाइमार्फत सञ्चालन हुनेछ ।
पीएमईपी श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको ठूलो परियोजना हो, जुन बेरोजगारहरुलाई रोजगार पाउनका लागि परियोजना र कार्यक्रमहरुको विकासमा कार्यरत छ । पीएमईपीको कार्यक्रमअन्तर्गत प्रत्येक सात सय ५३ स्थानीय तहमा एक रोजगार संयोजक र एक प्राविधिक सहयोगी कार्यरत छन् । उक्त कार्यक्रमका कार्यान्वयनका लागि ग्लोकल प्रालिले इलर्निङ प्लाटफर्ममार्फत कर्मचारीहरुलाई तालिम दिनेछ । स्थानीय रोजगार सेवा केन्द्रका कर्मचारीहरूका लागि नतिजामा आधारित परियोजना व्यवस्थापन र सञ्चार प्रशिक्षणको यो विशेष कार्यले पीएमईपीका कर्मचारीहरूलाई प्रभावकारी प्रशिक्षण लिन र आफ्नो कार्य कौशलतालाई अझै सशक्त बनाउन झन् प्रेरित गर्ने बताइएको छ ।
रोजगार सेवा केन्द्रहरुका स्थानीय कर्मचारीहरुलाई परिणाममा आधारित व्यवस्थापन आधारभूतहरू र सञ्चारका सिद्धान्तहरूबारे तालिम दिने लक्ष्यका साथ दैनिक चार समूहमा विभाजन गरी १० दिनसम्म तालिम सञ्चालन गरिनेछ । जुलाई २० देखि २९ सम्म हरेक समूहले छ घण्टाको विस्तृत तालिम एवम् प्रशिक्षण पाउनेछन् । उक्त तालिममा परियोजना चक्रको परिचय, प्रोजेक्ट डिजाइन र व्यवस्थापन, अनुगमन र मूल्यांकनका लागि प्रविधिहरू, सार्वजनिक रोजगार कार्यक्रमहरू, सिकाइ र अनुभवहरू, रोजगार सेवा केन्द्रहरूद्वारा प्रभावकारी सेवा वितरणलगायतका विषयहरु समावेश गरिनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया