काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन १३ दसमलव ९७ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार नौ दसमलव एक अंकले ओरालो लागेर दुई हजार नौ सय ८५ दसमलव ५७ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ८२ अंकले ओरालो लागेर पाँच सय ५८ दसलव ११ अंकमा झरेको छ । आज १३ वटा उपरसमुह अन्तर्गत दुई सय १९ वटा कम्पनीहरुको सेयर कारोवारा भएका छन् । जसबाट ८४ हजार चार सय ६८ पटकको कारोवारमा तीन करोड १६ लाख आठ हजार एक सय ९३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोवार रकम सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार दुई सय ६९ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये आठ वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् भने पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बाँँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लगानी, लघुबित्त, लघुबित्त र अन्य समुहरुको सुचक ओरालो लागेका छन् भने होटल तथा पर्यटन, जलबिद्युत, उत्पादनमुलक, सामुहिक लगानी कोष र ट्रेडिङ समुहहरुको सुचक भने उकालो लागेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया